ब्यानिस्टर एक डाक्टर थिए तर उनले यस पेशाबाट आफूलाई सन्तुष्ट पार्न सकेनन् । उनी असम्भव भनिने कुरालाई सम्भव गरेर देखाउन चाहन्थे । अर्काे शब्दमा भन्नुपर्दा उनी मानवीय सीमालाई छिचोलेर नयाँ दृष्टिकोण दिन चाहन्थे । सन् १९५४ अघि संसारभरिका डाक्टर, विशेषज्ञ एवम् धावकहरुको मान्यता थियो कि मान्छेले चार मिनेटभन्दा कम समयमा एक माइल दौडनु सम्भव छैन ।
मे १९५४ मा रोजरले चार मिनेटभन्दा कम समयमै एक मील कुदेर असम्भवलाई सम्भव बनाए र ‘सर’ को उपाधि पाए । सुखद आश्चर्यको कुरा त के थियो भने यसको केही समयपछि ३७ जना धावक ब्यनिष्टरले बनाएको रिकर्ड पनि तोड्न सफल भए । अतः एउटा मानिसका लागि गरेको महान् काम अर्के मान्छेलाई प्रेरणाको खुराक पनि बन्दो रहेछ ।
साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट