• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

metakhabar by metakhabar
२६ अशोज २०८३,
0
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ असोजः दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ ।

सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको लाम लागेको छ ।

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वाजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । यसैगरी नक्साल भगवती मन्दिर परिसरलाई आकर्षक रुपमा सजाइएको छ ।

नवरात्रका अवसरमा नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएका छन् ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा समेत भक्तजनको भीड लागेको छ ।

शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ ।

नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।

यसैगरी, दसैँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।

सार्वजनिक यातायातमो राम्रो व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भए पनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको ध्यान जान नसकेको गुनासो आममानिसले गर्ने गरेका छन् । यस वर्ष बाढीले रसुवा, धादिङ, गोरखा, मुस्ताङलगायत जिल्लामा सडक एवं पुल संरचनाले गर्दा समस्या भएको छ ।

Previous Post

निकुञ्जमा जिप सफारी सुरु

Next Post

शुक्लाफाँटामा जङ्गल सफारी खुला

metakhabar

metakhabar

सम्बन्धित खबर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

२६ अशोज २०८३,
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
अन्तर्राष्ट्रिय

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

२६ अशोज २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
आर्थिक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

२६ अशोज २०८३,
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द
आर्थिक

निकुञ्जमा जिप सफारी सुरु

२६ अशोज २०८३,
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
जीवन शैली

हराउन थाले दसैँका परम्परागत पिङ

२६ अशोज २०८३,
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
राजनीति

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

२६ अशोज २०८३,
Load More
Next Post
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा जङ्गल सफारी खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In