• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    घुम्ती गोठमा रमाएका टीकाजीत

    घुम्ती गोठमा रमाएका टीकाजीत

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

    प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ अशोज २०८३,
0
घुम्ती गोठमा रमाएका टीकाजीत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ, साँझ गोठमा फर्किएपछि पशुधनको सुरक्षा गर्दै रात बित्छ ।

रोजगारीको खोजीमा एक वर्ष खाडीमुलुक कुवेत पुग्नुभएका तिलिजालाई विदेशको बसाइँ लामो समय मन परेन् । जन्मथलो फर्किएपछि उहाँले २० वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गर्नुभयो । त्यसपछि पछिल्लो आठ वर्षदेखि भने उहाँको जीवन भेडाबाख्राको गोठसँग जोडिएको छ ।

“विदेशमा गएर पनि दुःख गर्नुपर्ने रहेछ । आफ्नै ठाउँमा केही गर्न सकिन्छ भने किन विदेश जानु भन्ने लाग्यो”, तिलिजाले भन्नुभयो, “उमेरले साथ दिउन्जेल यही काम गर्छु ।”

गोठका १५ वटा भैँसी कास्कीको पूर्णगाउँका व्यापारीले खरिद गरेपछि उहाँसँग रोजगारीको विकल्प फेरि खडा भयो । बुढेसकालमा घरमै फुर्सदिलो भएर बस्न मनले नमानेपछि आफन्त लालवीर तिलिजासँगै घुम्ती भेडा गोठमा बस्न थाल्नुभयो । अरुको गोठमा बसेर सुरु गरेको भेडापालन अहिले आफ्नै व्यवसाय बनेको छ ।

हाल उहाँको साथमा करिब २०० भेडाबाख्रा छन् । जनैपूर्णिमा पर्वमा मात्रै ५० वटा बोका तथा साँड बिक्री गर्नुभयो । करिब छ महिना पालेको भेडाको साँड रु १५ देखि रु २२ हजारसम्म बिक्री हुन्छ भने दुई वर्ष पुगेको साँडको मूल्य रु ३० देखि रु ३५ हजारसम्म पर्छ ।

भेडाबाख्राको बिक्रीबाट हुने आम्दानीले उहाँको घरव्यवहार चलेको छ । छोराछोरीको पढाइदेखि दैनिक आवश्यकताको खर्च यही व्यवसायले धानेको छ ।

लेकदेखि बेँसीको यात्रा

घुम्तीगोठको जीवन एउटै ठाउँमा बित्दैन । मौसमसँगै गोठ राख्ने ठाउँ पनि फेरिन्छ । हिउँदमा तिलिजा पाउद्वार, शिख, घार, नारच्याङ हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकासम्म भेडाबाख्रा चराउन पुग्नुहुन्छ । बर्खामा भने उहाँको गोठ करिब चार हजार मिटर उचाइको खयर खोलासम्म पुग्छ ।

लेकमा हरियालीसँगै भेडाबाख्राका लागि पर्याप्त चरन पाइन्छ । तर वर्षायामको झरी, बादल, चिसो र एकान्त घुम्ती गोठको जीवन सहज भने छैन । “बर्खामा तीन–चार महिना झरी बादलमै बस्नुपर्छ । घरपरिवार र आफन्तसँग भेटघाट हुँदैन”, उहाँले भन्नुभयो, “गोठमा बस्न आवश्यक सबै सामान बोकेरै जानुपर्छ ।”

चिसो बढ्न थालेपछि भेडाबाख्राको गोठ बेँसीतिर झारिन्छ । मौसमअनुसार चरन क्षेत्र परिवर्तन गर्नु घुम्ती पशुपालनको पुरानो परम्परा भए पनि यसले गोठालाको जीवनलाई निरन्तर यात्रामै राख्छ । तिलिजाको अनुभवमा भैँसीपालनको तुलनामा भेडाबाख्रा पाल्न सजिलो छ । भेडाबाख्राबाट छिटो आम्दानी लिन सकिने भएकाले पनि उहाँ यस व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ।

गोठको पहरेदार

घुम्ती गोठमा पशुधनको सुरक्षा अर्को ठूलो चुनौती हो । बस्तीभन्दा टाढा, जङ्गल र लेकाली क्षेत्रमा बस्नुपर्ने भएकाले चितुवा, ब्वाँसोलगायतका जङ्गली जनावरको जोखिम हुन्छ । त्यसैले तिलिजाको गोठमा भेडाबाख्रासँगै चार वटा कुकुर पनि छन् ।

दिउँसो भेडाबाख्रा चरनमा गएका बेला कुकुरले उनीहरूको रेखदेख गर्छन् । राति भने गोठ वरिपरि घुमेर पहरा दिन्छन् । चितुवा वा ब्वाँसो देखेमा भुकेर सङ्केत गर्ने र कतिपय अवस्थामा जङ्गली जनावरसँगै भिडेर पनि पशुधन जोगाउने गरेको तिलिजा बताउनुहुन्छ । “कुकुर नभए गोठमा भेडाबाख्रा जोगाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “रातभर गोठको पहरा उनीहरूले नै दिन्छन् ।”

चट्याङले दिएको पीडा

घुम्तीगोठको जीवनमा खुसी मात्रै छैन, पीडा पनि छ । दुई वर्षअघि चट्याङ पर्दा तिलिजाले एकैपटक ६० वटा भेडाबाख्रा गुमाउनुभयो । वर्षौंको मेहनतले हुर्काएका भेडाबाख्रा एकैछिनमा गुमाउँदा उहाँलाई ठूलो पीडा भयो । व्यवसाय नै छाडौँजस्तो लाग्ने अवस्था आए पनि उहाँले हार मान्नुभएन ।

त्यही क्षतिपछि फेरि भेडाबाख्रा थप्दै व्यवसायलाई निरन्तरता दिनुभयो । अहिले उहाँ पुरानै अवस्थामा फर्किनुभएको छ । “एकैपटक धेरै पशु मर्दा निकै दुःख लाग्यो । तर दुःख लाग्यो भनेर छाडेर बस्न सकिएन”, उहाँले भन्नुभयो, “फेरि थप्दै गएँ, अहिले पहिले जस्तै भएको छ ।”

घुम्तीगोठमा चुनौतीको चाङ

पछिल्लो समय घुम्तीगोठमा भेडाबाख्रा पाल्ने किसानले नयाँनयाँ चुनौती सामना गर्नुपरेको तिलिजाको अनुभव छ ।

हिउँदमा बेँसी क्षेत्रमा चितुवालगायत जङ्गली जनावरको आक्रमणको जोखिम हुन्छ । बर्खामा लेकाली क्षेत्रमा विषालु घाँसका कारण पशुचौपाया जोखिममा पर्ने गर्छन् । त्यसमाथि घुम्ती गोठमा काम गर्ने मजदुर पाउन कठिन हुँदै गएको छ ।

गोठालाको काममा युवापुस्ताको आकर्षण घट्दै जाँदा पुराना पुस्ताका पशुपालकलाई थप भार परेको छ । लामो समय परिवारबाट टाढा बस्नुपर्ने, मौसमको प्रतिकूलता सहनुपर्ने र पशुधनको सुरक्षाको जिम्मेवारी आफैँले लिनुपर्ने भएकाले घुम्ती गोठको जीवन सहज छैन । तर यी कठिनाइले तिलिजाको गोठप्रतिको मोह घटेको छैन ।

‘शरीरले साथ दिएसम्म यही गर्छु’

औपचारिक शिक्षा नपाएका तिलिजाले रोजगारीका लागि विदेशको बाटो रोज्नुभयो । कुवेतमा काम गर्दा भोगेको दुःखले उहाँलाई आफ्नै गाउँ फर्कायो । स्वदेशमा जागिरको अवसर नपाएपछि उहाँले पुख्र्यौली जीवनशैलीसँग जोडिएको घुम्ती पशुपालनलाई रोज्नुभयो ।

आज यही गोठ उहाँका लागि रोजगारी मात्रै होइन, आत्मनिर्भर जीवनको आधार बनेको छ । “शिक्षा नभएकाले विदेशमा काम गर्न दुःख भयो । यहाँ जागिर पनि पाइएन”, उहाँले भन्नुभयो, “त्यसपछि पशुपालनलाई नै जीविकोपार्जनको माध्यम बनाएँ ।”

भेडाबाख्राको हुल, लेकाली चरन, घुम्तीगोठ र पहरेदार कुकुरसँगै बितेको जीवनमा तिलिजाले आफ्नो छुट्टै संसार बनाउनुभएको छ । कहिले चार हजार मिटर उचाइको खयर खोलामा, कहिले बेँसीका फाँटमा पुग्ने उहाँको जीवन मौसमसँगै चल्छ ।

उमेर बढ्दै गए पनि गोठ छाड्ने उहाँको योजना छैन । “शरीरले साथ दिएसम्म भेडापालन गर्छु”, तिलिजा भन्नुहुन्छ । बस्तीबाट टाढा, कहिले झरीमा, कहिले चिसोमा र कहिले जङ्गली जनावरको डरबीच बित्ने घुम्तीगोठको जीवन धेरैका लागि कठिन हुन सक्छ । तर टीकाजीतका लागि त्यही गोठ रोजगारी हो, आत्मनिर्भरता हो र जीवनप्रतिको मोह पनि ।

Previous Post

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

Next Post

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

metakhabar

metakhabar

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

६ अशोज २०८३,
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
आवाज

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

६ अशोज २०८३,
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
समाचार

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

६ अशोज २०८३,
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
समाचार

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

६ अशोज २०८३,
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
समाचार

प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

६ अशोज २०८३,
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
खेलमैदान

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

६ अशोज २०८३,
Load More
Next Post
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In