• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ अशोज २०८३,
0
बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की।कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मरमत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ (साविक दाङसिङ र घान्द्रुक गाविस) मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए ।
ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक पुनःमरमत गरिएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा गत भदौ २ गतेदेखि सडक मर्मत सम्भार थालिएको र शुक्रबारदेखि सडकमा यातायात सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।उहाँका अनुसार बिरेठाँटीमा मोदीखोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने र ब्याकफिलिङ गर्ने काम सकिएको तथा आवश्यक संरचना निर्माण तथा सडक मर्मत सम्पन्न गरी यातायात सेवा सञ्चालनमा ल्याइएको छ । “ नयाँपुल– बिरेठाँटी–घान्द्रुक सडकको मुख्य नाकाका रुपमा रहेको बिरेठाँटीको अवरोध सबैको साथ र सहयोगबाट हटेको छ । हाल सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सफल भएका छौँ । यसबाट नागरिकलाई केही सहज भएको छ । ” केसीले भन्नुभयो ।

बिरेठाँटीमा सडक सञ्चालन भएपनि अझै घान्द्रुकसँग भने सिधा सम्पर्क अझै स्थापित भइसकेको छैन । घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरेमा सडक मर्मतको काम भइरहेकाले अझै केही दिन लाग्ने गाउँपालिकाले जनाएको छ । “बिरेठाँटीको सडक खुलेसँगै उल्लेरी हुँदै पर्यटकीय गन्तव्य पुनहिल र घोडेपानी जान सहज भएको छ । बिरेठाँटी र चिमरुङ तमुचोकसम्मको सडक खुलेपछि धेरै सहज भएको छ अब केही दिनमा घान्द्रुकसम्मनै खुलाउने प्रयासमा छौँ । ” गाउँपालिका प्रवक्ता भरतमान गुरुङले भन्नुभयो । सडक पुनःनिर्माणका लागि गण्डकी प्रदेश सरकारले आवश्यक ग्याबिन तारजाली उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवद्धित उपल्लो मोदी हाइड्रोपावर कम्पनी तथा लान्द्रुक मोदी हाइड्रोपावर कम्पनीले एक्साभेटरलगायत निर्माण उपकरण उपलब्ध गराएका थिए । एक्साभेटर तथा टिपर सञ्चालनमा लाग्ने डिजेल र अन्य व्यवस्थापन खर्च गाउँपालिकाले व्यहोरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

नेपाली सेनाका ४५ जनाले भदौ १० गतेदेखि असोज २ गतेसम्म ग्याबिन भर्ने काममा श्रमदान गरेका थिए । सडकको अर्को खण्डमा भने गाउँपालिकाले बोलपत्रमार्फत निर्माण व्यवसायी परिचालन गरी ग्याबिन भर्ने काम गरेको थियो ।

Previous Post

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

Next Post

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

metakhabar

metakhabar

सम्बन्धित खबर

आज देशका अधिकांश भागमा बदली हुने
समाचार

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ अशोज २०८३,
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला
समाचार

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

३ अशोज २०८३,
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
समाचार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

३ अशोज २०८३,
संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल
समाचार

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

३ अशोज २०८३,
सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे
समाचार

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

३ अशोज २०८३,
एशियाली खेलकुद आजदेखि जापानमा सुरु, नेपाल २१ खेलमा प्रतिस्पर्धा गर्दै
खेलमैदान

एशियाली खेलकुद आजदेखि जापानमा सुरु, नेपाल २१ खेलमा प्रतिस्पर्धा गर्दै

३ अशोज २०८३,
Load More
Next Post
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In