• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

    सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

    थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

    थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

    एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

    एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

    हरितालिका तीज आज मनाइँदै

    हरितालिका तीज आज मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

metakhabar by metakhabar
२८ भदौ २०८३,
0
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा)। स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ।

वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताउनुभयो। धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उहाँले बताउनुभयो।

“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भन्नुभयो, “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, मागअनुसार बजारमा पु¥याउन सकेका छैनौँ।”

हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उहाँले बताउनुभयो।

“खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ।”

पहिलो पटक व्यावसायिक रूपमा खुर्सानी उत्पादन गरिएकाले आगामी दिनमा खेतीको क्षेत्र विस्तार गर्दै लैजाने तयारी गरिएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले कृषि प्राविधिक, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन उपलब्ध गराएको छ।

“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ। कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उहाँले भन्नुभयो, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ।”

हालसम्म करिब रु सात लाखको खुर्सानी बिक्री भइसकेको छ। फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ। उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएकाले व्यापारी तथा उपभोक्तालाई सहज भएको छ।

Previous Post

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

Next Post

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
समाचार

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

२९ भदौ २०८३,
सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न
समाचार

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

२९ भदौ २०८३,
थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?
समाचार

थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

२९ भदौ २०८३,
एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार
समाचार

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

२९ भदौ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
समाचार

यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२९ भदौ २०८३,
हरितालिका तीज आज मनाइँदै
फिचर-ब्यानर

हरितालिका तीज आज मनाइँदै

२९ भदौ २०८३,
Load More
Next Post
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In