• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

metakhabar by metakhabar
१३ भदौ २०८३,
0
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र भैलद्योको आकर्षण मात्र देख्नुहुन्छ होला तर गाईजात्राको दिन बिहानै बाजागाजासहित भक्तपुरका नौ वटा पूर्व फर्केका ढुङ्गेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ अर्थात् नौ ढुङ्गेधारा चिन्न जाने परम्परा पनि छ ।

यही परम्परालाई निरन्तरता दिँदै भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले आज बिहानैदेखि ‘गुपु हिटी सिकेगु’ कार्यक्रम आयोजना गरेको छ । समूहका अध्यक्ष सविन लेबाले लोप हुने अवस्थामा पुगेको परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार सापारु अर्थात् गाईजात्राको दिन नौ वटा ढुङ्गेधारामा मुख धुनुपर्ने, नौ जोडी लुगा फेर्नुपर्ने, नौ थरी परिकार खानुपर्ने र नौ पटक भक्तपुर नगर परिक्रमा गर्नुपर्ने चलन रहेको छ । यसै परम्पराअन्तर्गत पूर्व फर्केका नौ वटा ढुङ्गेधारामा मुख धुन जाने र ती ढुङ्गेधारा चिन्न जाने परम्परा रहेको उहाँले बताउनुभयो ।

लोप हुने अवस्थामा पुगेको यस परम्परालाई निरन्तरता दिन आफूहरूले करिब पाँच वर्षदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लेबाले बताउनुभयो । नेवारी पोसाकमा सजिएका सयौँ सहभागीले धाँ, धिमे र बाँसुरी बाजा बजाउँदै ती ढुङ्गेधाराको परिक्रमा गरेका थिए ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार विगतमा भक्तपुरका स्थानीयवासी बाजागाजासहित नेवारी पोसाकमा सजिएर बिहानै ‘गुपु हिटी सिकेगु’ भन्दै सहभागी हुने गरेका थिए । तर पछिल्ला केही वर्षदेखि यो परम्परा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

“आजभोलि नयाँ पुस्ताले बाजागाजामा रुचि राखेजस्तै नौ वटा पूर्व फर्केका ढुङ्गेधारा चिन्न जाने परम्परालाई पनि सँगसँगै अघि बढाउने प्रयास गरेकोमा खुसी लागेको छ,” श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार सामान्यतः पश्चिम र दक्षिण फर्केका ढुङ्गेधारा हुने गरेकामा पूर्व फर्केको ढुङ्गेधारा पनि हुनुपर्छ भन्ने मान्यताका आधारमा त्यस्ता धारा निर्माण गरिएको इतिहास छ । सापारुको दिन ती पूर्व फर्केका ढुङ्गेधारामा मुख धुन जाने परम्परा त्यसैको निरन्तरता भएको उहाँले बताउनुभयो ।

भक्तपुरमा पूर्व फर्केका ढुङ्गेधारा खोज्ने परम्परा सूर्यविनायक गणेश मन्दिर नजिक रहेको ढुङ्गेधाराबाट सुरु भएर भक्तपुरको तचपाल अर्थात् दत्तात्रयस्थित भिंद्यो हिटीमा पुगेर समापन हुने गर्दछ ।

यस क्रममा सूर्यविनायक गणेश मन्दिर नजिकको ढुङ्गेधारा (इनारे गणेद्य नपाँच्वंगु हिटी), इनारे (सूर्यविनायक) लुखा हिटी, भार्वाचो बजिगांछा हिटी, नासमना दबू हिटी, तःमारी धभारी चुक हिटी, भुलुचुलु हिटी, तिबुक्छें हिटी, भध्वाका हिटी र तचपाल भिंद्यो हिटी गरी नौ वटा ढुङ्गेधाराको परिक्रमा गरिन्छ । यी ढुङ्गेधारा मल्लकालीन समयमा निर्माण भएको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहभागी बालकृष्ण बनमालाले तीमध्ये केही ढुङ्गेधारामा पानी आउन छाडेको र केही लोप हुने अवस्थामा पुगेको बताउनुभयो । पानी आउने ढुङ्गेधारा पनि व्यवस्थित नभएको उहाँले बताउनुभयो ।

“पानी नआउने ढुङ्गेधारा त झन् लोप हुने अवस्थामा छन्,” निओ फ्युजन स्कुल अफ कम्प्युटरका सञ्चालकसमेत रहेका बनमालाले भन्नुभयो, “पूर्व फर्केका ढुङ्गेधारा खोज्ने वा त्यहाँ मुख धुन जाने परम्परा नै मासियो भने ढुङ्गेधारा पनि मासिँदै जाने र तिनको अस्तित्व नै समाप्त हुन सक्छ ।”उहाँले नौ ढुङ्गेधारा खोज्ने परम्परालाई जीवन्त राख्न सके ढुङ्गेधाराको संरक्षणमा योगदान पुग्ने बताउनुभयो ।

Previous Post

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

Next Post

भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In