• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

metakhabar by metakhabar
१३ भदौ २०८३,
0
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ । यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुन थालिसकेको छ ।

हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको अवस्था छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरुप रकम घोषणा गरिसकेका छन् ।अर्थमन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ । यो रकम अनुदान हुने जनाइएको छ ।

विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरुप १६७ मिलियन अमेरिकी डलरको घोषणा गरेको छ । यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेको छ भने अष्ट्रेलियाको सरकारले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
त्यसैगरी एशियाली विकास बैंकले प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग रकम उपलब्ध गराउने भएको छ ।

साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ । चीन र अमेरिकाले गर्ने मानवीय सहायता वापत शनिबारसम्म सहयोग उपलब्ध गराउने छन् ।

अर्थमन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रका लागि चीन सरकारले ३० बेलीबिज्र सहयोग गर्ने घोषणा गरेको छ । साथै चीनले दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ पनि सहयोग गर्नेछ ।

स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्रयाङ संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने जनाएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ ।

आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भन्नुभएको छ, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा उपलब्ध

अर्थमन्त्रालयका अनुसार बाढी प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न, अस्थायी आवासका सामग्री, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्रीसहित आवश्यक उपकरण उपलब्ध गराइरहेका छन् ।

यसमध्ये अक्सफामले २०० थान सरसफाइ सामग्रीका प्याकेट र एक हजार थान पानी शुद्धीकरणका लागि एक्वा ट्याब्लेट उपलब्ध गराएको छ । अक्सफामले रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग गर्ने जनाएको छ । अक्सफामले आपत्कालीन रूपमा प्रयोग हुने अस्थायी आवास र भान्साका सामग्रीसहित करिब रु एक करोड ६० लाख बराबरको गैरखाद्य सामग्री समेत पूर्वतयारी अवस्थामा राखेको जनाएको छ ।

डिसिए नेपालले धादिङमा १०० जोर गमबुट, २० थान पिक्याक्स, २० थान बेल्चा, ५० बक्स पञ्जा र छ बक्स मास्क उपलब्ध गराएको छ । संस्थाले धादिङ र नुवाकोटमा परिवारका लागि टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था गरिरहेको छ । पाँच सय परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको तथा शव व्यवस्थापनका लागि शव राख्ने झोलालगायत आपत्कालीन उद्धार सामग्री उपलब्ध गराउने उल्लेख छ ।

सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ । संस्थासँग थप ८०० थान गैरखाद्य राहत सामग्री उपलब्ध रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ ।

ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५.५ किलोभोल्ट एम्पियर क्षमताका दुई वटा जेनेरेटर उपलब्ध गराएको छ ।

त्यसैगरी बिबिसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३.५ किलोवाट क्षमताका तीन वटा जेनेरेटर उपलब्ध गराएको छ । बिबिसी मिडिया एक्सनका कर्मचारीले नुवाकोटमै पुगेर जेनेरेटर हस्तान्तरण गर्नुका साथै स्थानीय सञ्चारमाध्यमलाई नियमित प्रसारण सुरु गर्न सहयोग गरेका छन् । विपद् जोखिमसम्बन्धी सञ्चारका लागि आवश्यक थप सहयोगबारे पनि संस्थाले अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।

एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवासका सामग्री तथा खाद्य राहतमा सहयोग गर्ने भएको छ । हेलेन केलर इन्टरनेसनलले रसुवा, धादिङ र नुवाकोटमा आपत्कालीन पोषण सहयोग गर्ने जनाएको छ । इस्लामिक रिलिफ नेपालले रसुवा र नुवाकोटका प्रभावितका लागि अस्थायी आवाससम्बन्धी गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ । यसअन्तर्गत त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायतका सामग्री छन् ।

प्लान इन्टरनेसनल नेपालले रसुवा र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छता, गैरखाद्य सामग्री, अस्थायी आवास सामग्री तथा भान्साका सामग्री उपलब्ध गराउने भएको छ । पिपुल इन निडले रसुवामा पहिलो चरणमा १४० थान गैरखाद्य सामग्री, १४० थान मर्यादा सामग्री र २७ वटा टेन्ट उपलब्ध गराएको छ ।

मर्सी कप्र्सले नुवाकोटका लागि २०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको जनाएको छ । संस्थाले गैरखाद्य सामग्रीसँगै खानेपानी तथा सरसफाइ र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा समेत काम गर्ने जनाएको छ । युनाइटेड मिसन टु नेपाल ले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ । यसअन्तर्गत भान्साका सामग्री, त्रिपाल र कम्बल लगायतका सामग्री छन् ।
ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनस्र्थापना तथा सहायक उपकरण उपलब्ध गराउने काम गरिरहेको छ । संस्थाले ११० थान गैरखाद्य सामग्री र विभिन्न प्रकारका १०० थान सहायक उपकरण उपलब्ध गराएको छ ।

केयर नेपालले रसुवा र नुवाकोटमा आपत्कालीन राहतका लागि आपत्कालीन राहत प्याकेजअन्तर्गत खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ । यसमा भान्साका सामग्री, ओछ्यान तथा अन्य बिछ्यौना सामग्री, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ सामग्री र शिशु सामग्री लगायत छन् । साथै महिला तथा बालबालिकाका लागि सुरक्षित तथा मैत्रीपूर्ण स्थान स्थापना गर्ने योजना पनि छ ।
अर्थमन्त्रालयका अनुसार रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा राहत सहयोग केवल खाद्यान्नमा सीमित नभई अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण र अपाङ्गता भएका तथा घाइतेका लागि सहायक उपकरण सम्म विस्तार भएको देखाएको छ ।

राहत कोषमा साढे ४ अर्ब

रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा रु चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ । यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो । यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली ) जम्मा भएको कार्यालयले जनाएको छ ।

Previous Post

भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

Next Post

घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
समाचार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

१४ भदौ २०८३,
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
समाचार

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

१४ भदौ २०८३,
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

१४ भदौ २०८३,
Load More
Next Post
घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In