• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
८ भदौ २०८३,
0
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो। सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको छ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनुपूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहासलाई झल्काउने गरेको छ। यो गढीले परम्परागत तर तत्कालीन उन्नत वास्तुकलाको ज्वलन्त उदाहरणसँगै उक्त कालखण्डको राज्यको सुरक्षात्मक उपायलाई जीवन्त रुपमा चित्रण गरेको छ।

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो।

सेन वंशका राजाहरूले १३औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ। सेनवंशका प्रतापी राजा मुकुन्द सेनकै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको पाइन्छ। यस गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी विभिन्न पूर्वाधार निर्माणका कामहरू अघि बढाइएको मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिए।

उनका अनुसार मकवानपुरगढी क्षेत्र करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। गढी क्षेत्रलाई व्यवस्थित गर्नेगरी तारबारका साथै विभिन्न किसिमका पूर्वाधार निर्माण गरिएको छ। पूर्वाधार विकासका क्रममा हालसम्म करिब आठ करोड रुपैंयाँ लगानी भइसकेको जानकारी दिए। पाल्पाका राजा मुकुन्द सेनले आफ्ना चार छोरालाई राज्य बाँडेकामा मकवानपुर उनका कान्छा छोरा लुहाङको भागमा परेको थियो।

इतिहासअनुसार राज्यलाई सुरक्षित गराउन लुहाङले विसं १६२२ मा मकवानपुरगढी निर्माण गरेका थिए। नेपालमा रहेका विभिन्न गढीमध्ये यो गढी सबैभन्दा ठूलो मानिन्छ। गढीको सुरक्षार्थ लागि वरिपरि लगाइएको २५ फिट अग्लो र सात फिट चौडाइ भएको पर्खालले इतिहास मात्र नझल्काई तत्कालीन कलाशिल्पलाई पनि उजागर गरिरहेको छ।

मकवानपुर राज्यको पराजयपछि राजा दिगबन्धन सेन र मन्त्री कनकसिंह बानियाँको आग्रहमा पृथ्वीनारायण शाहको गोर्खाली सेनाविरुद्ध बङ्गालका तत्कालीन नवाव मिरकासिमले गुरगिल खाँको नेतृत्वमा मकवानपुरमा हमला गर्न पठाएका करिब दुई हजार ५०० मुगल सेनाका फैजलाई गोर्खाली सेनापतिहरू वंशराज पाण्डे, केहरसिंह बस्नेत र रामकृष्ण कुँवर, नेतृत्वको गोर्खाली फौजले सन् १७६३ जनवरी २० मा परास्त गरी भगाएका थिए। त्यही सम्झनामा हरेक वर्ष माघ १० गते विजयोत्सव मनाउने गरिएको छ।

इतिहासअनुसार राज्यलाई सुरक्षित गराउन लुहाङले विसं १६२२ मा मकवानपुरगढी निर्माण गरेका थिए। नेपालमा रहेका विभिन्न गढीमध्ये यो गढी सबैभन्दा ठूलो मानिन्छ।

गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा यसलाई लिइन्छ। पहिलो विजयोत्सव मनाउँदा तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भई कार्यक्रममा सहभागी भएका थिए। सोही समयदेखि उक्त स्थानमा विजयोत्सव मनाउन थालिएकामा स्थानीय तहहरू सक्रिय भएसँगै २०७४ सालयता यसको व्यवस्थापन वडा कार्यालयले नै गर्दै आएको अध्यक्ष पाख्रिनले जानकारी दिए।

नेपालको इतिहासमा विदेशी सेनालाई पहिलो पटक नेपाली भूमिमा पराजित गरेकाले मकवानपुरगढी दरवारको नेपालका अन्य गढीहरूको तुलनामा विशिष्ट महत्वको मानिन्छ। मकवानपुरगढीको लड़ाइँमा गोर्खाली फौजले विजय प्राप्त नगरेको भए नेपाल एकीकरणको महान् अभियान साकार हुन कठिन हुने अनुमानका कारण पनि यस गढीलाई अत्यन्त महत्वका साथ हेर्ने गरिएको छ।

इतिहासअनुसार प्राचीनकालमा नेपाल एउटा सिङ्गो राज्यका रुपमा नभएर विभिन्न स–साना राज्यहरुमा विभाजित थियो। तत्कालीन समयका राजाहरुले आफ्नो राज्यको सुरक्षाका निम्ति कोट, गढी, किल्लाहरू निर्माण गरी सैनिकहरूलाई तैनाथ गर्ने गर्दथे। तिनै गढीमध्ये मकवानपुर जिल्लाको मकवानपुरगढी पनि एउटा लामो र महत्वपूर्ण इतिहास बोकेको गढी हो।

नेपालको इतिहासमा विदेशी सेनालाई पहिलो पटक नेपाली भूमिमा पराजित गरेकाले मकवानपुरगढी दरवारको नेपालका अन्य गढीहरूको तुलनामा विशिष्ट महत्वको मानिन्छ।

नेपालको एकीकरणपूर्व मकवानपुर एउटा स्वतन्त्र र प्रख्यात सेन राज्यका रुपमा चिनिन्थ्यो। पूर्वका तीन वटा सेन राजाहरुले स्थापना गरेका राज्यहरूमध्ये मकवानपुर राज्य पुरानो हो भने मकवानपुरगढी उक्त राज्यको प्रशासनिक, सामाजिक र व्यापारिक केन्द्र हो।

मकवानपुरगढीको इतिहासलाई जीवन्त राख्दै यसको पर्यटकीय विकास सरकारको प्राथमिकतामा रहेको छ भने दरबारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मकवानपुरगढी गाउँपालिका निरन्तर लागिरहेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए। दरबार परिसरमा प्रवेश गर्नका लागि आकर्षक प्रवेशद्वारसँगै दरबारसम्म पुग्नका लागि तलैबाट सिँढीबाटो निर्माण गरिएको छ।

नेपालको एकीकरणपूर्व मकवानपुर एउटा स्वतन्त्र र प्रख्यात सेन राज्यका रुपमा चिनिन्थ्यो। पूर्वका तीन वटा सेन राजाहरुले स्थापना गरेका राज्यहरूमध्ये मकवानपुर राज्य पुरानो हो भने मकवानपुरगढी उक्त राज्यको प्रशासनिक, सामाजिक र व्यापारिक केन्द्र हो।

सिँढीबाट उक्लिने क्रममा सेतो एकदन्ते हात्तीको प्रतिमा देख्न सकिन्छ। हेमकर्ण सेनले आफ्नी छोरीको विवाह गोरखाका युवराज पृथ्वीनारायण शाहसँग गराएका थिए। कन्यादानको अवसरमा छोरीलाई गजमोतीको हार लगाइदिएको, बहुमूल्य उपहारहरू प्रदान गरिएको र वैवाहिक सम्मानस्वरूप नव दम्पतीलाई एकदन्ते सेतो हात्तीमा चढाएर बिदाइ गरिएको विषय विभिन्न वंशावली, लेख र लोककथामा उल्लेख गरिएको पाइन्छ। उक्त समयमा हात्ती आफैमा शक्ति, सम्पत्ति र राजकीय अधिकारको प्रतीक मानिने र त्यसमा पनि सेतो हात्ती हुनुलाई असाधारण वैभव र उच्च प्रतिष्ठाको संकेतका रुपमा लिने गरिएको इतिहासका जानकार बताउँछन्।

गढी परिसरमा वनभोजस्थलहरू निर्माण गरिएको वडाध्यक्ष पाख्रिनले जानकारी दिए। “हामीले गढी क्षेत्रमा वनभोज खान आउनेलाई लक्षित गरी विभिन्न सातवटा ‘पिकनिक सेड’ हरू बनाएका छौँ,” उनले भने, “प्रत्येक सेडको उपयोग गरेबापत एक हजार रुपैयाँ सेवा शुल्क लिने गरिएको छ, ‘ड्राइ पिकनिक’ आउनेका लागि भने ५०० रुपैंयाँ सेवा शुल्क निर्धारण गरिएको छ।” वनभोजका लागि आउने बाहेक अन्यसँग भने कुनै प्रवेश शुल्क लिने नगरिएको उनले जानकारी दिए।

“प्रत्येक सेडको उपयोग गरेबापत एक हजार रुपैयाँ सेवा शुल्क लिने गरिएको छ, ‘ड्राइ पिकनिक’ आउनेका लागि भने ५०० रुपैंयाँ सेवा शुल्क निर्धारण गरिएको छ।”

पूर्वाधार निर्माणकै क्रममा दरबारको पश्चिमतर्फको भवन पुरातत्व विभागको २० लाख रुपैंयाँ लागतमा निर्माण गरिएको छ। दरबार क्षेत्रकै पूर्वाधारका लागि गत वर्ष संघीय बजेट तीन करोड रुपैंयाँ विनियोजन भएकामा जेन्जी आन्दोलनपछि उक्त बजेटको कार्यान्वयन रोकिएर अन्ततः बजेट ‘फ्रिज’ भएको उनले जानकारी दिए। “हामीले उक्त बजेटबाट पश्चिमतर्फको निर्मित भवनमा छाना हाल्ने योजना बनाएका थियौँ,” उनले भने, “छानापश्चात् त्यहाँ सेनवंशीय राजाहरूसहित नेपाल एकीकरणपछिका विभिन्न ऐतिहासिक सामग्री संकलन गरी सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य राखिएको थियो।” वडा कार्यालयको ११ लाख रुपैंयाँ बजेटमा गढी परिसरको गङ्गाभीरमा सेनवंशी राजाहरूको स्मारक निर्माण गरिएको छ।

धार्मिक रुपमा पनि महत्वपूर्ण गन्तव्य

यहाँस्थित वंशगोपाल मन्दिर प्राचीन धार्मिक इतिहास र आस्थाको प्रतीक हो। मन्दिरभित्र रहेका भगवान् कृष्णको मूर्तिलाई फलामे साङ्लोले बाँधेर राखिनुले पनि मन्दिरप्रतिको चासो अझै बढाएको छ। मन्दिरका पुजारी चन्द्रप्रसाद घिमिरेका अनुसार कृष्णको मूर्तिलाई फलामे साङ्लाले बाँधेको सम्बन्धमा रोचक किंवदन्ती छ।

किंवदन्तीअनुसार सेन राजाहरूले मन्दिरमा स्थापना गरिएका कृष्ण तत्कालीन समयमा दिउँसो मन्दिर भित्रै रहे पनि रातमा त्यहाँबाट विभिन्न ठाउँमा घुम्न निस्कन्थे रे। त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो। उनले रातिराति त्यहाँ पुगेर तोरी माडेकै कारण चितवन माडी भन्ने गरिएको किंवदन्ती रहेको उनले जानकारी दिए।

कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई तत्कालीन समयमा गाउँलेले फलामे साङ्लोले बाँधेर राखेको किंवदन्ती रहेको घिमिरेले जानकारी दिए। दरबार परिसरमा वंश गोपालसहित पश्चिमतर्फ शिव मन्दिर रहेका छन्।

कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई तत्कालीन समयमा गाउँलेले फलामे साङ्लोले बाँधेर राखेको किंवदन्ती रहेको घिमिरेले जानकारी दिए। दरबार परिसरमा वंश गोपालसहित पश्चिमतर्फ शिव मन्दिर रहेका छन्। यी मन्दिरमा मनोकामना पूरा हुने विश्वाससहित नयाँ वर्ष, कृष्ण जन्माष्टमी, हरिबोधनी एकादशीलगायतका तिथिमिति एवम् चाडपर्वमा ठूलो संख्यामा दर्शनार्थीहरू आउने गरेको उनले बताए।

उनका अनुसार गढीभित्र वंश गोपाल र शिव मन्दिरसँगै पूर्वमा राजा बस्ने दरबार तथा पश्चिममा पाले पहरा तथा हातहतियार राख्ने भवन रहेको छ। परिसरभित्रै कारागार, खानेपानीको ट्याङ्की आदि रहेको उनले जानकारी दिए। यी प्राचीन महत्वका सम्पदाहरूलाई संरक्षण गरी पुस्तौंसम्म जोगाएर राख्नुपर्ने उनले बर्ताए।

कवि कलाकारको पनि रोजाइमा पनि मकवानपुरगढी

इतिहासको गौरवमयी गाथासँगै धार्मिक एवम् पर्यटकीय गन्तव्य बनिरहँदा विभिन्न स्थानबाट कवि तथा कलाकारहरू यहाँ आउने गरेका छन्। कवि तथा कलाकारले यहाँ आएर यहीँको परिवेशमा रमाउँदै आफ्ना रचना सिर्जनासँगै त्यहाँको अवस्थितिलाई कलामा उतार्ने गरेका छन्।

कवि तथा कलाकारले यहाँ आएर यहीँको परिवेशमा रमाउँदै आफ्ना रचना सिर्जनासँगै त्यहाँको अवस्थितिलाई कलामा उतार्ने गरेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य नगेन सिंहले आफूले २०७१ साल भदौमा मकवानपुरगढीमा आएर यहाँको दरबारसहितको परिवेशलाई कलामा उतारेको अनुभव सुनाए। यस्ता ऐतिहासिक विरासत बोकेका गन्तव्यहरूको संरक्षणसँगै प्रवद्र्धन गर्न सकिएमा त्यसले आन्तरिक पर्यटनसँगै बाह्य पर्यटनको विकास भई राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याउने उनको भनाइ छ।

Previous Post

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

Next Post

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
Load More
Next Post
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In