• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ भदौ २०८३,
0
बर्जुताल पर्यटकको रोजाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी। बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल घुम्न आउने गरेको बताउनुहुन्छ । विराटनगरबाट नजिक, फराकिलो र शान्त वातावरण भएकाले विद्यालय बिदा हुनासाथ साथीसँग बर्जुताल आउने गरेको उहाँको भनाइ छ । “विराटनगरबाट नजिक छ । घुम्नका लागि पनि आकर्षक भएकाले विद्यालय बिदा हुनेबित्तिकै साथीसँग साइकलमा यहाँ आउने गछौँ”, उहाँले भन्नुभयो ।

बर्जुताल पछिल्ला वर्षमा आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै गएको स्थानीय राजेन्द्र चौधरी बताउनुहुन्छ । गर्मीको तुलनामा जाडो मौसममा पर्यटकको आगमन बढी हुने गरेको उहाँले जानकारी दिनुभयो । पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यापार तथा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । “यहाँ घुम्न मात्र नभई भिडियो तथा गीतचलचित्र छायाङ्कनका लागि पनि विभिन्न ठाउँबाट मानिस आउने गरेका छन,” उहाँले भन्नुभयो ।

करिब १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जुताल समथर भू–भागमा फैलिएको विशाल जलाशय, हरियाली वातावरण र खुला प्राकृतिक दृश्य बर्जुतालका प्रमुख आकर्षण हुन् ।

तालको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न निकायले पूर्वाधार निर्माण र विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रदेश सरकार र बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ताललाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रु दुई करोड चार लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट तालको स्वागतद्वार, वनभोजस्थल, चमेना गृह, टिकट काउन्टर तथा सार्वजनिक शौचालय निर्माण गरिएको संरक्षण समितिले जनाएको छ । साथै ताल क्षेत्रको सडक स्तरोन्नति तथा भूभाग व्यवस्थापनको कामसमेत गरिएको छ ।

बर्जुताललाई एक फन्को पैदल हिँडेर लगाउन करिब डेढ घण्टाभन्दा बढी समय लाग्छ । तालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरम दृश्यका कारण दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । मोरङ, सुनसरी, झापालगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् भने करिब ४० प्रतिशत पर्यटक भारतबाट आउने गरेकोसमितिको भनाइ छ ।

संरक्षण समितिका अध्यक्ष बिलतसिंह श्रेष्ठले बर्जुताल स्थानीय क्षेत्रको महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । गर्मी समयमा दैनिक करिब १५० जना पर्यटक आउने गरे पनि जाडो मौसम तथा पिकनिक सिजनमा दैनिक दुई हजार पाँच सयभन्दा बढी पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । शनिबार तथा सार्वजनिक बिदाको समयमा चारदेखि पाँच हजारसम्म पर्यटक बर्जुताल घुम्न आउने गरेको समितिले जनाएको छ ।

ताल क्षेत्रमा करिब २०० प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । जाडो समयमा ताल वरपरको सिमसार क्षेत्र वनस्पति, जलचर तथा चराचुरुङ्गीको अध्ययन–अनुसन्धानका लागि उपयुक्त मानिन्छ । यसका कारण विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीसमेत बर्जुताल पुग्ने गरेका छन् ।

पर्यटकको आकर्षणका लागि तालमा अहिले १५ वटा चार सिटे पैडल डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गा सञ्चालनमा छन् । पर्यटकले डुङ्गा सयर गर्दै तालको मध्यभागसम्म पुगेर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन् ।

ताल क्षेत्रमा सडक, वनभोजस्थल, सार्वजनिक शौचालय, चिल्ड्रेन पार्क, छातासहितको ६० भन्दाबढी बस्ने ठाउतालको बीचमा मन्दिर तथा चराचुरुङ्गीका बस्न आइसल्याण्डलगायतका संरचना निर्माण गरिएको छ । यी संरचनाले तालको पर्यटकीय आकर्षण थप बढाएको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा करिब रु एक करोड ४० लाखको लागतमा थारु सङ्ग्रहालय निर्माण गरिएको छ । साथै पर्यटकको आकर्षण थप बढाउने उद्देश्यले रु दुई करोड ५० लाखको लागतमा भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको रु तीन करोड ६६ लाखको लागतमा नेपाली सेनाले जीर्ण तालको पुननिर्माण गरी विसं २०७३ मा स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

Previous Post

सम्बन्ध विच्छेदका मुद्दा उच्च

Next Post

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In