• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ भदौ २०८३,
0
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा),  स्याङ्जामा अगौटे जातको सुन्तला ‘उन्सु’ मा पहिलो पटक सुँडे पुतलीको प्रकोप पहिचान गरिएको छ । पुतलीबजार नगरपालिका–१४ सतौंस्थित कृषक हुमनाथ ढकालले लगाउनुभएको उन्सु जातको अगौटे सुन्तलामा सुँडे पुतलीका कारण क्षति पुगेको पहिचान गरिएको हो ।

पाँच–छ वर्ष अघि सिन्धुली र रामेछापमा जुनारमा देखिएको यो प्रकोप स्याङ्जामा लगाइएको उन्सुमा पनि देखिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख अजय अधिकारीले बताउनुभयो । अगौटे जातको उन्सुमा देखिएको सुँडे पुतलीले बेलुका र बिहान झिसमिसमै फल चुसेर नोक्सानी गर्ने तथा ४८ घण्टामा फल झार्ने भएकाले यसबाट समयमै सचेत हुन उहाँले कृषकहरुमा आग्रह गर्नुभएको छ ।

“सुँडे पुतलीको प्रकोप बढ्न नदिन समयमै रोकथाम गर्नु जरुरी छ,” उहाँले भन्नुभयो, “जिल्लामा पहिलो पटक पहिचान भएको यो प्रकोपबाट क्षति हुन नदिनका लागि खोजी र नष्ट गर् अभियान सञ्चालन सुरु गर्छौं ।”

पुतलीले चुसेपछि झरेका फलहरु सङ्कलन गरी प्लाष्टिकको थैलामा मुख बन्द गरेर एक फिट खाडल खनेर गाडेको खण्डमा अन्य फल जोगाउन सकिन्छ । साँझ ‘टर्च लाइट’को उज्यालोमा पुतली कीराहरु हलचल नगरी बस्ने भएकाले समाएर नष्ट गर्न सकिने तथा बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्थापन गरेर जोगाउन सकिने प्रमुख अधिकारीले बताउनुभयो ।

धुवाँ लगाउने, सक्खर, भेनेगर वा कुनै फलफूलको रस, माला थिएन । विषादीको चारो बनाएर पासो थाप्ने वा बगैँचामा छर्किने गर्नाले यो कीराबाट फललाई जोगाउन सकिने उपाय छन् । बोटमा भएका फलहरु एकाएक पहेँलो हुँदै झर्न थालेपछि यो समस्याका बारेमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जामा जानकारी गराएपछि कार्यालय प्रमुखसहित प्राविधिकहरु आएर परीक्षण गर्दा सुँडे पुतलीले क्षति गरेको पुष्टि भएको पुतलीबजार–१४ सतौंका कृषक हुमनाथ ढकालले बताउनुभयो ।

“अघिल्ला वर्षहरुमा यस्तो प्रकोप देखिएको थिएन,” उहाँले भन्नुभयो, “यस वर्ष नौलो खालको प्रकोप देखियो, यस्तै अवस्था रहिरहने हो भने त अर्को वर्ष सुन्तला चाख्न पनि पाइन्न कि भन्ने चिन्ता पो छ त ।”

सुँडे पुतलीको प्रकोप पुष्टि भएपछि यसबाट जोगाउनका लागि कार्यालय तथा प्राविधिकहरुबाट प्राप्त सुझावहरुअनुसार काम थालेको उहाँले बताउनुभयो । स्याङ्जाका पुतलीबजार नगरपालिकाका सतौं, राङखोला, मायाटारी, अर्जुनचौपारी गाउँपालिकाको केही भेगमा मुख्यगरी अगौटे उन्सु जातको सुन्तला बगँैचा रहेका छन् ।

Previous Post

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

Next Post

ह्यारी–मेघन बेलायत फर्कने

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
Load More
Next Post
ह्यारी–मेघन बेलायत फर्कने

ह्यारी–मेघन बेलायत फर्कने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In