• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

metakhabar by metakhabar
४ भदौ २०८३,
0
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ । जमिन जति फाट्दै जान्छ, त्यति नै मन पनि फाट्दै जान्छ । अब यो जमिन कतिबेला बग्छ र हाम्रो घर कतिबेला पुरिन्छ भन्ने डर लाग्छ”, बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँका स्थानीय टेक थापाले भने । उनको यो भनाइले सिङ्गो गाउँको पीडा बोल्छ ।

बेलाबेला आउने भूकम्पले थिलथिलो बनेको यहाँको जमिन यस वर्षको मनसुनी वर्षापछि ठाउँठाउँमा चिराचिरा परेको छ । कतै घरका आँगन फाटेका छन् भने कतै खेतबारीमा लामालामा चिरा परेका छन् । गाउँमाथि र आसपासबाट पहिरो खस्नेक्रम नरोकिएपछि यहाँका ६० परिवार आफ्नै घरमा सुरक्षित महसुस गर्न सकिरहेका छैनन् ।

पानी पर्दा चिराबाट पानी पस्ने, जमिन थप धसिने र जुनसुकैबेला पहिरो खस्नसक्ने जोखिम बढेपछि केही दिनअघिसम्म आफ्नै घरमा ढुक्कसँग बसिरहेका स्थानीय अहिले दिनमा घरमा खाना खाने र राति त्रिपालमुनि रात कटाउन बाध्य छन् ।

“जमिन नै चिराचिरा परेको छ, कहिले के हुन्छ भन्ने थाहा छैन, त्यसैले बिहानबेलुका घरमै खाना खान्छौँ, तर रात कटाउन त्रिपालमा जान्छौँ”, थापाले भने ।

ताम्सु गाउँमा ६० परिवार बसोबास गर्दै आएका थिए । गत साउन २८ गते राति अविरल वर्षासँगै आएको पहिरोले दुई घर पुरिएपछि अहिले ५८ परिवार बाँकी छन् । पहिरोले ठाउँठाउँमा जमिन चिरिएपछि पुरै गाउँ उच्च जोखिममा परेको वडाध्यक्ष नन्द थापाले बताए ।

“साउन २८ पछि ताम्सुवासी त्रासमा छन् । घर हुँदाहुँदै त्रिपालमुनि बास भएको छ”, उनले भने, “त्रिपालको बास पनि सुरक्षित छैन । जताततै चिरा परेका छन्, कतिखेर पहिरो जान्छ थाहा छैन ।”

बिहीबार रातिको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए । स्थानीय कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको घरभित्र पुरिएर मृत्यु भएको थियो । पुरिएको घरबाट प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको प्रयासमा करिब १० घण्टापछि शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिए ।

पहिरोमा परी धर्म थापा र धौलीदेवी रावल घाइते भएका थिए । धर्म जिल्ला अस्पतालमा उपचारपछि घर फर्किए भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।

पहिरोमा ज्यान गुमाएकी प्रतीक्षा थापा बडीमालिका क्याम्पस, फालासैनमा स्नातक तह दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन्। उनका बुबाआमा र भाइ रोजगारीका लागि भारतको दिल्लीमा बस्दै आएका थिए । पहिरोमा ज्यान गुमाउनुअघि दिउँसो बाख्रा चराउन गएकी प्रतीक्षाले दिल्लीमा रहेकी आमासँग फोनमा कुरा गर्दै यसपटक भाइटीका लगाउन उतै आउने बताएकी थिइन् । तर, उनको त्यो सपना अधुरै रह्यो ।

“मलाई धेरै पढ्ने चाहना छैन, म पैसा कमाउन विदेश जान्छु, त्यसका लागि पैसा कमाइराख्नु आमा भन्थी”, घटनापछि नेपाल आएकी आमा राजुदेवी थापाले भनिन्, “त्यही वचन अन्तिम भयो । हामीलाई देखाएको सपना, सपनामै रह्यो ।”

बादल देख्दा पनि त्रास

घरभित्र बस्दा पहिरोको डर, त्रिपालमुनि बस्दा पानी र चिसोको समस्या । युवा तथा उमेर पुगेकाले जसोतसो समय कटाए पनि बालबालिका र ज्येष्ठ नागरिकलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।

“वर्षौंदेखि दुःख गरेर बनाएको घर छाड्नुपर्दा मन भारी छ । घर छाडे पनि फेरि फर्कन पाइन्छ कि पाइँदैन, निश्चित छैन । सुरक्षित ठाउँमा स्थानान्तरण नभएसम्म त्रिपालको बाससमेत सुरक्षित छैन”, पहिरोपीडित धर्म थापाले गुनासो पोखे ।

स्थानीय जीवन थापाले आकाशमा बादल लाग्नेबित्तिकै गाउँमा त्रास फैलिने गरेको बताए । “पहिले त घरबाट बाहिरिएपछि सुरक्षित भइएला कि जस्तो लाग्थ्यो, अब त पानी परेर पहिरो खस्ने हो कि भन्ने चिन्ताले बादल देख्दा पनि डर लाग्छ”, उनले भने ।

त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले जमिनमा परेका चिरा र धसिएको भू–भागका कारण जुनसुकैबेला पहिरो जानसक्ने सम्भावना रहेकाले पूरै गाउँ स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए। तत्कालका लागि विस्थापित तथा जोखिममा रहेका परिवारलाई खाना र बसोबासका लागि राहत दिइए पनि अब दीर्घकालीन समाधान खोज्नुपर्ने र त्यो नगरपालिकाको सामथ्र्यभन्दा बाहिर रहेको उनको भनाइ छ ।

“अस्ति दुई परिवारको उठिबास लाग्यो । जोखिममा रहेका अन्य परिवारलाई खाना र त्रिपालमा अस्थायी बसोबासका लागि केही सहयोग गरेका छौँ”, नगरप्रमुख थापाले भने, “जमिनको अवस्था हेर्दा बस्ती स्थानान्तरण नै सुरक्षित उपाय हो, तर त्यसमा नगरको सामथ्र्य छैन । प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक छ ।”

मासिँदै खेतीयोग्य जमिन

ताम्सुका बासिन्दाको मुख्य जीविकोपार्जन कृषि हो । तर, पहिरोले घरसँगै खेतीयोग्य जमिनसमेत जोखिममा पारेको छ । खेतमा चिरा परेपछि लगाइएको धान, मकै, तरकारीलगायत बालीमा क्षति पुगेको छ ।

गाउँको तल बूढीगङ्गा नदीको कटान तथा गाउँको बीच र माथिल्लो क्षेत्रमा सडक निर्माण गर्दा वर्षाको पानी गाउँतिरै आउने अवस्थाले जोखिम बढाएको स्थानीय चन्द थापाले जानकारी दिए।

“वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने खेत नै जोखिममा परेपछि अब खाद्यान्नको समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ”, उनले भने, “घर जोगाउन त समस्या छ नै, खेतीयोग्य जमिन पनि गुम्ने चिन्ता छ ।”

पहिरोले ताम्सु गाउँमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ । लगाइएको अन्नबाली पूर्ण रूपमा नष्ट हुनुका साथै खानेपानी र विद्युत् सेवा बन्द भएको स्थानीय डम्म थापाले बताए ।

सुरक्षित बासको माग

पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । अस्थायी रूपमा त्रिपालमा राखेर मात्रै समस्या समाधान नहुने उनीहरूको भनाइ छ ।

प्रभावित परिवारले गाउँको भौगर्भिक अवस्थाको तत्काल अध्ययन गरी कुन क्षेत्रमा बसोबास सुरक्षित छ र कुन क्षेत्रमा जोखिम बढी छ भन्ने पहिचान गर्न माग गरेका छन् । जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।

“त्रासैत्रासमा बस्नुपरेको छ । आकाशमा बादल देखिन्छ, हाम्रो नजर पहाडतिर जान्छ । पानी पर्न थाल्छ, ध्यान जमिनतिर हुन्छ । नयाँ चिरा थपिएको छ कि छैन हेर्नुपर्छ”, स्थानीय टेक थापाले भने, “त्यसैले हामीलाई राहत होइन, सुरक्षित बास चाहिएको छ । त्यसका लागि स्थानीय तहले पहलकदमी लिनुपर्छ ।”

जिल्ला विपद् व्यवस्थापन समितिले बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेको जनाएको छ । ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ मा पनि जिल्लाका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका उल्लेख छ । भिरालो भू–भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण समग्र जिल्ला नै विपद्को जोखिममा रहेको समितिले जनाएको छ ।

Previous Post

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

Next Post

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In