• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
४ भदौ २०८३,
0
जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, ४ भदौः किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबासमा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको सामान्य वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर विसं २०८१ माघ १५ गतेदेखि ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबास’ सञ्चालन गरेका छन् ।

गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टे छोटो समयमा नै पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् ।

होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । होमस्टेमा बस्ने पाहुनाका लागि खाजामा कोदो र फापरको रोटी, उसिनेको मकै तथा भुटेको मकै–भटमास दिने गरेका छन् ।

होमस्टे आउने पाहुनाका लागि खानामा कोदोको ढिँडो, मकैको भात र जौको भात, सिस्नो, स्थानीय जातका कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध छ । ढिँडो र कुखुराको मासु खाएमा प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर र राँगाको मासु खाएमा प्रतिव्यक्ति रु २५० लिने गरिएको सञ्चालकले बताएका छन् ।

मकैको भात र सिस्नो प्रतिव्यक्ति रु २०० तथा खाजामा प्रतिव्यक्ति रु १०० का दरले लिने गरिएको जनाइएको छ । यसैगरी, स्थानीय पेयपदार्थ उपलब्ध गराइन्छ ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गा पनि उपलब्ध गराउनुभएको सचिव दीपक राईले जानकारी दिनुभयो । “अध्यक्षले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ । गाउँपालिकाको सहयोगमा शौचालय र बाथरुम निर्माण गरिसकिएको छ,” उहाँले भन्नुभयो, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ लाख ९० हजार उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष र माथिल्लो तलामा बास बस्ने ठाउँ बनाउने योजना छ ।”

होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिम पनि उपलब्ध गराएको थियो । होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्न गरिने व्यवहार, सरसफाइ तथा सुरक्षाका विषयमा सञ्चालकहरुलाई जानकारी गराइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो ।

होमस्टे सञ्चालकलाई गाउँपालिकाले उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा थारू समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे र धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जे–थुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमण गराएको थियो । निगालावासका पुमा राईले सञ्चालन गरेको होमस्टे पछिल्लो समय धेरैका लागि अध्ययन गर्ने थलो बनेको छ ।

स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न निगालावासमा पुमा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थल छन् । यहाँ आउने पर्यटकलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको छ । यसलाई समय सान्दर्भिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ।”

उक्त होमस्टेमा विशेषगरी पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि आउने गरेको सञ्चालकले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र वडा नं ६ दिप्लुङको सिमानामा अवस्थित पर्यटकीयस्थल जन्तेढुङ्गामा परापूर्वकालमा जन्ती लोप (अलप) भएको किंवदन्ती छ ।

पर्यटकीयस्थल र पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि होमस्टेमा पाहुनाको आकर्षण बढेको सञ्चालकले बताएका छन् । होमस्टेमा आउने अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर बास बस्नका लागि आउने गरेका छन् ।

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डीथान, भानुमती आदि रमणीय स्थान छन् । भिन्नभिन्न जातिले आ–आफ्नै धर्म तथा संस्कृतअनुसार फरक–फरक किसिमका चाडपर्व मनाउने भएता पनि साकेला, दसँै÷तिहार, तीज आदि चाडपर्वको विशेष महत्व छ ।

जिल्लाको दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्दछ । पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ)को बीचमा अवस्थित छ ।

Previous Post

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

Next Post

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
आवाज

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

४ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

४ भदौ २०८३,
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
आर्थिक

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

४ भदौ २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
Load More
Next Post
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In