• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

metakhabar by metakhabar
३ भदौ २०८३,
0
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके), ३ भदौः जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

उहाँका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ ।

कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षभन्दा तेब्बर बढी पर्यटकले निकुन्जमा सफारी गरेको उहाँले जानकारी दिनुभयो । निकुन्जमा पर्याप्त मात्रामा घाँसेमैदान, कृत्रिम ताल, मचान, वनपथ निर्माण गरिएको उहाँको भनाइ छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुन्ज संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभयो । नगरप्रमुख आचार्यले निकुन्ज कार्यालयसँग सहकार्य गरेर आफूहरूले सचेतनामूलक काम गरेको बताउँदै नगरपालिकासँगै जोडिएको निकुन्जको पर्यटन प्रवर्द्धन गर्न आफूहरू जहिले पनि साथमा रहेको प्रष्ट पार्नुभयो ।

बाँके राष्ट्रिय निकुन्जमा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्ज कार्यालय, जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घसंस्था क्रियाशील रहेका छन् । पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुन्ज पर्यटकको पर्खाइमा रहेको छ ।

निकुन्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुन्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ । निकुन्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगन्ज र कोहलपुरमा तारे होटल तथा निकुन्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।

Previous Post

आज मन्त्रिपरिषद् बैठक बस्दै

Next Post

दश वर्षमा पनि बनेन मनाङमा पुल

metakhabar

metakhabar

सम्बन्धित खबर

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
समाचार

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

३ भदौ २०८३,
किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
समाचार

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

३ भदौ २०८३,
Load More
Next Post
दश वर्षमा पनि बनेन मनाङमा पुल

दश वर्षमा पनि बनेन मनाङमा पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In