• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

    दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

    बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

    सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

    सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

metakhabar by metakhabar
२६ साउन २०८३,
0
हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली, पर्यटकीय गतिविधिलगायत घरभित्र र बाहिरको वातावरणमा परेको प्रभावलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र प्राक्टिकल एक्सनको पहलमा कार्यान्वयनमा ल्याउन लागिएको ‘स्वच्छ तापका लागि नवीकरणीय ऊर्जाको प्रवर्द्धन’ परियोजनाको शुभारम्भका अवसरमा सहभागीहरूले नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका हुन् ।

उच्च हिमाली क्षेत्रमा बाह्रैमास जस्तो चिसो हुने हुँदा खाना पकाउन र घर तताउन दाउराको बढी खपत गर्नुपर्ने भन्दै यसले घरभित्र र बाहिरको वायु प्रदूषण बढाउनुका साथै हिमालमा ‘ब्ल्याक कार्बन’को मात्रा बढ्ने बताइएको छ ।

सोही कारणले हिउँ पग्लिने समस्या बढ्दै गएको सन्दर्भमा यस समस्यालाई न्यूनीकरण गर्न विभिन्न नवीकरणीय ऊर्जा प्रविधिलाई उपयोगमा ल्याउन सकिने सहभागीले बताएका छन् ।

मुस्ताङको जोमसोम गाउँपालिकाको मार्फा गाउँका ६५ घरधुरी र विभिन्न पाँच वटा सामुदायिक संस्थामा नमूनाका रूपमा परियोजना कार्यान्वयनमा ल्याउन लागिएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्र्टसोले घरभित्रको वायु प्रदूषणले जनस्वास्थ्यमा प्रभाव पार्ने र जलवायु परिवर्तनको समस्या बढाउने भएकाले हिमाली क्षेत्रको वातावरणमा पर्ने नकारात्मक असर कम गर्न स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न कार्यक्रममार्फत हिमाली क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै आएको उल्लेख गर्दै सरकारले स्वीकृत गरेको तापीय ऊर्जा मार्गचित्रको कार्यान्वयनबाट यस क्षेत्रको वातावरणीय स्वच्छता, ऊर्जाको आवश्यकता र जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राखे।

जोमसोम गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनको प्रत्यक्ष असरसँग जुध्नु परेको आफ्नो पालिकालाई लक्षित गरी परियोजना सञ्चालन हुन लागेकामा खुशी व्यक्त गरे।

प्राक्टिकल एक्सनका राष्ट्रिय निर्देशक पूजा शर्माले देशका उच्च हिमाली क्षेत्रमा अझै पनि परम्परागत बायोमासबाट खाना पकाउने र कोठा तताउनुपर्ने बाध्यताका कारण वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर देखिएको उल्लेख गरे। यस परियोजनाको कार्यान्वयनबाट यस्ता समस्या सुधार हुने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

Previous Post

पाकिस्तानमा २०२६ को पहिलो छ महिनामा तीन हजार १७२ हिंसाका घटना दर्ता, पञ्जाब सबैभन्दा बढी प्रभावित

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
आर्थिक

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

२६ साउन २०८३,
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
आर्थिक

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

२६ साउन २०८३,
बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
आवाज

बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

२६ साउन २०८३,
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

२६ साउन २०८३,
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
समाचार

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

२६ साउन २०८३,
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

२६ साउन २०८३,
Load More
Next Post
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In