• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

metakhabar by metakhabar
२५ साउन २०८३,
0
धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर (दाङ)।दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ ।

“पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”

उहाँले धागोबाट विभिन्न सामग्री बुन्न सुरु गर्नुभएको हो । अहिले उहाँको हातमा धागोमात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ ।

त्यस्तै, पूर्वीरुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आउनुभएको हो । पढाइबाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहनुभएकी उहाँको दैनिकी पनि अहिले फेरिएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उहाँले धागोबाट विभिन्न सामग्री बनाउन सिक्नुभयो ।

“अहिले त व्यस्त भइयो”, उहाँले भन्नुभयो, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।” उहाँहरूमात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् । उनीको हातमा क्रुस र सियोमात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।

हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकिसक्नुभएको छ । उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् । ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।

विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिनुभयो । दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।

उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ । सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढेको छ ।”

उहाँका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।

सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापारमात्रै नभई स्वरोजगार सृजना गर्नु पनि हो । उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ । “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ”, उहाँले भन्नुभयो, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”

उहाँका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु पाँच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताउनुभयो ।

घोराहीमा विसं २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।

उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट सुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यममात्रै नभई आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।

Previous Post

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

Next Post

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In