• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

    सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

    बढ्दै ग्यासको आयात, हट्दै अभाव

    बढ्दै ग्यासको आयात, हट्दै अभाव

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

    ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

    ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

    सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

    सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२४ साउन २०८३,
0
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ, २४ साउनः निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको दुई किमी सडक सात महिनामा सक्नेगरी सम्झौता भएकामा दुई वर्ष बित्न लाग्दा पनि अझै सडक कालोपत्र भएको छैन । दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो ।

सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्कामा लगाइएको उक्त सडकमा बेस र कालोपत्र गर्न अझै बाँकी छ । रु छ करोड ७२ लाख ६५ हजारमा ठेक्का सम्झौता गरेर एचसिबीजिसीएस कम्पनीले काम गरे पनि अझै सम्पन्न गर्न नसकेको हो । विसं २०८२ भदौ १५ मा काम नसकिएपछि पहिलोपटक २०८३ असार मसान्तसम्म म्याद थपिएकामा उक्त समयमा समेत काम नसक्दा सरकारको खरिद संशोधनअन्तर्गत नै २०८३ असोज मसान्तसम्म म्याद थपिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

सडक निर्माणको दुई वर्ष बित्नैलाग्दा समेत ८० प्रतिशत भौतिक प्रगति रहेको छ । “तत्कालका लागि १२ मिटर चौडाको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल लगाउने र कल्भर्ट बनाउने र सवबेस बनाउने काम सकिएको छ, निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काम गर्न ढिलाइ गरेकाले अब बेस र कालोपत्रको काममात्रै बाँकी छ”, इन्जिनियर लामिछानेले भन्नुभयो ।

अस्फाल्ट कङ्क्रिटबाट सडक कालोपत्र गरिने तयारी छ । अस्फाल्ट कङ¬्क्रिटबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र बर्सेनि सडक मर्मत र खाडल पुर्नुपर्ने झन्झटबाट केही हदसम्म मुक्ति मिल्ने लामिछानेको भनाइ छ ।

निर्माण कम्पनीका प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मृल्यवृद्विले कालोपत्रको काम गर्न नसकिएको बताउनुभयो । सडक संरचनाको सबै काम सकिएकाले थपिएको समयमा पर्याप्त मजदुर र उपकरण प्रयोग गरेर कालोपत्रको काम सम्पन्न हुने श्रेष्ठले बतानुभयो । सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो ।

लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै बनाएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुनसकेको थिएन । सर्वाेच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको थियो । सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ ।

Previous Post

संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

Next Post

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

metakhabar

metakhabar

सम्बन्धित खबर

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
आर्थिक

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

२४ साउन २०८३,
बढ्दै ग्यासको आयात, हट्दै अभाव
आर्थिक

बढ्दै ग्यासको आयात, हट्दै अभाव

२४ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

२४ साउन २०८३,
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन
आर्थिक

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

२४ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

२४ साउन २०८३,
आर्थिक

हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

२४ साउन २०८३,
Load More
Next Post
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In