आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेष : यात्रा कठिन हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार थपिने भएकाले खर्च कटौती गर्नुपर्ने समय आएको छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।
वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।
मिथुन : दिन सहज छ। सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुम्न लागेको धन हात लाग्दा मन प्रशन्न हुनेछ । राजनीतिक नेतृत्वबाट भने त्रास बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।
कर्कट : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। आफ्ना योजना कसैलाई नसुनाउनु फाइदा हुनेछ। हल्ला गर्नुभन्दा काम गर्नुपर्ने दिन छ।
सिंह : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। जागिरमा बढुवा हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। साथीभाइसँगको यात्राले मनमा खुसी मिल्नेछ । पठनपाठनमा मन जानेछ ।
कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। प्रशंसा सुन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ला। मन मिल्ने साथीको साथ मिल्नेछ ।
तुला : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको टकराबले तपाईंलाई फाइदा पुग्ने देखिन्छ। पारिवारिक मेलमिलाप हुनेछ ।
वृश्चिक : दिन सामान्य छ। तपाईंको श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। आज जोगिएर यात्रा गर्नुपर्ने दिन छ ।
धनु : दिन राम्रो छ। शुभ ग्रहको बहुमत रहेको छ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। आम्दानीका स्रोतहरु भेटिनेछन् । परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।
मकर : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। ठुला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।
कुम्भ : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।
मीन : दिन सामान्य छ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। काम गर्दा सोचेर काम गर्नुपर्ने दिन छ ।











