• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

metakhabar by metakhabar
१९ साउन २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी समय अनुसार सोमबार दिउँसो वार्ता पुनः सुरु हुने बताउनुभएको छ । तेहरानले ओमानसँग हर्मुज जलमार्गमार्फत नयाँ ढुवानी मार्गबारे सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “इरानी प्रतिनिधिहरूसँग सोमबार दिउँसो वार्ता सुरु हुनेछ ।” उहाँले वार्ता कहाँ हुने वा कसको सहभागिता रहने भन्ने कुरा भने बताउनुभएको छैन । यो घोषणा केही दिनखेखि बढेको आक्रामक बयानबाजी र पछिल्लो कूटनीतिक प्रयासपछि आएको हो ।

ट्रम्पले वार्ताका लागि थप समय दिन सहमत हुनुअघि इरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिनुभएको थियो भने साउदी अरबसहित खाडी देशहरूले क्षेत्रमा थप तनाव रोक्न संवादको माग गरेका थिए।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले प्रस्तावित सम्झौतामा हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्ने कुरा समावेश हुने बताउनुभएको छ।

तेहरानले संयुक्त राज्य अमेरिकासँग वार्ता आसन्न भएको पुष्टि गरेको छैन। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार आफ्नो देश हाल वासिङ्टनसँग वार्तामा संलग्न भइनसकेको बताउनुभएको छ ।

यसअघि इरानी अधिकारीहरूले ट्रम्पको यो दाबी अस्वीकार गरेका थिए र संयुक्त राज्य अमेरिकालाई योजनाबद्ध आक्रमण रद्द गर्न अनुरोध गरेका थिए ।

इरानी राष्ट्रपति मौसुद पेजेश्कियानले आइतबार भन्नुभएको थियो, “संयुक्त राज्य अमेरिकासँगको प्रस्तावित विद्यमान सम्झौताले वासिङ्टनसँग भविष्यको वार्तामा संलग्नताका लागि आधार प्रदान गर्न सक्छ।”

धेरै पर्यवेक्षकहरूले पछिल्लो कूटनीतिक प्रयासले दिगो सम्झौता उत्पादन गर्ने हो कि होइन भन्ने प्रश्न गरेका छन्।

जोन्स हकिन्स विश्वविद्यालयका इरान विशेषज्ञ वाली नस्रले ट्रम्पका लक्ष्य हासिल गर्न ‘कुनै स्पष्ट बाटो’ नभएको बताउनुभयो ।

नस्रले भन्नुभयो, “उहाँ (ट्रम्प) अहिले सैन्य तनाव बढाउनबाट बच्न कूटनीतिक समाधानमा हात हालिरहेका छन् । तर कूटनीतिक वा सैन्य दुवै रूपमा ट्रम्पलाई विजय घोषणा गर्न सकिने ठाउँमा पु¥याउने स्पष्ट बाटो छैन ।”

यो घोषणा राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच कुनै फोन वार्ता नभएको अवस्थामा आएको हो। नेतन्याहु इरानमाथि दबाब कायम राख्ने सबैभन्दा बलियो पक्षधरहरूमध्ये एक हुनुहुन्छ ।

इजरायलले कुनै पनि सम्झौताले इरानलाई आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल क्षमता अगाडि बढाउनबाट रोक्नुपर्ने जोड दिँदै आएको छ। इजरायली ऊर्जा मन्त्री एली कोहेनले ‘सम्झौतासहित वा बिना’ इरानले यस्ता प्रयास अगाडि बढाउन खोजेमा इजरायलले कारबाही गर्ने बताउनुभयो ।

–हर्मुज मार्गबारे वार्ता–

यसैबीच इरान र ओमान हर्मुज जलडमरुमार्फत नयाँ मार्ग खुलाउनेबारे सम्झौता नजिक पुगेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग जहाजहरूलाई जलमार्ग पार गर्न दिने संयन्त्रबारे वार्ता ‘अन्तिम चरणमा पुगेको र पूरा हुन लागेको’ बताएका सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बाघाईले इरान र ओमान दुवै पक्षलाई स्वीकार्य मार्गबारे समझदारीतर्फ काम गरिरहेको बताउनुभयो । यसले सार्वभौमिकताको सम्मान गर्ने र राष्ट्रिय हित तथा सुरक्षाको रक्षा गर्नेछ।

उहाँले भन्नुभयो, “यो व्यवस्था हर्मुज जलडमरु तुरुन्तै पुनः खोल्ने अर्थमा हुनेछैन, जहाँ जहाज आवागमनको व्यवस्थालाई लिएर विवाद अझै समाधान भएका छैनन्।”

यो जलमार्ग द्वन्द्वको केन्द्रमा रहेको छ। वासिङ्टनले अन्तर्राष्ट्रिय स्वतन्त्र आवागमनको माग गर्दै आएको छ भने तेहरानले रणनीतिक मार्गमार्फत पारवहन व्यवस्थापनमा आफ्नो भूमिका कायम राख्ने अडान लिएको छ।

ओमान, कतार र साउदी अरबसहित क्षेत्रीय देशहरूले तनाव घटाउन र वासिङ्टन तथा तेहरानबीच सम्झौता सहज बनाउन प्रयास जारी राखेका छन्।

Previous Post

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

Next Post

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In