• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

    आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

metakhabar by metakhabar
१४ साउन २०८३,
0
विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको बुधबारको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाइनेछ ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ ।

महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जा तथा विद्युत् क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।

छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

Previous Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Next Post

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

१ अशोज २०८३,
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता
समाचार

आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

१ अशोज २०८३,
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

१ अशोज २०८३,
Load More
Next Post
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In