• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

metakhabar by metakhabar
१३ साउन २०८३,
0
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिको अभावका कारण क्यान्सर उपचारका लागि आवश्यक ‘किमोथेरापी (किमो)’ सेवा लिन बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।

अस्पतालमा दैनिक करिब ३०० जना बिरामी किमोथेरापीका लागि आउने भए पनि स्रोत–साधनको अभावका कारण दैनिक करिब २०० जनालाई मात्र सेवा दिन सकिएको अस्पतालले जनाएको छ।

मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार किमोथेरापी तोकिएको समयमा दिनु उपचारको प्रभावकारिताका लागि अत्यन्त आवश्यक भए पनि बिरामीको अत्यधिक चापका कारण त्यसो गर्न सकिएको छैन।

उनका अनुसार अस्पतालमा किमो सेवाका लागि १५० शय्या छुट्याइएको छ। केही बिरामीलाई औषधि दिएपछि छोटो समयमै घर पठाउन मिल्ने भएकाले एउटै शय्या क्रमशः अन्य बिरामीलाई पनि प्रयोग गराइँदै आएको छ। तर, बढ्दो बिरामी संख्याका कारण पाँच दिनसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको उनले बताए।

डा. साहले प्रदेशस्तरका अस्पतालमै किमो सेवा विस्तार गर्न वा बीपी क्यान्सर अस्पतालमा शय्या र जनशक्ति थप्न आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार हालको संरचनाले बढ्दो बिरामीको चाप धान्न नसक्दा सबै बिरामीलाई समयमै उपचार उपलब्ध गराउन कठिन भइरहेको छ।

अस्पतालले किमो चढाएको प्रतिपटक रु ५०० सेवा शुल्क लिने गरेको छ भने औषधि अस्पतालको फार्मेसीबाट छुट्टै खरिद गर्नुपर्ने व्यवस्था छ। रोगको प्रकृति र प्रयोग हुने औषधिको प्रकारअनुसार किमोको लागत रु १०० देखि लाखौँ रुपैयाँसम्म पुग्न सक्ने अस्पतालले जनाएको छ।

सामान्यतया बिरामीलाई दुई साताको अन्तरमा १२ पटक वा तीन साताको अन्तरमा ६ पटकसम्म किमो दिनुपर्ने हुन्छ भने केही बिरामीले तीन वर्षसम्म पनि नियमित किमो लिनुपर्ने अवस्था रहने चिकित्सकहरू बताउँछन्।

नेपालका विभिन्न जिल्लासहित भारतीय सीमावर्ती क्षेत्रबाट पनि उपचारका लागि बिरामी बीपी क्यान्सर अस्पताल आउने गरेका छन्। तर लामो पालोका कारण धेरै बिरामी निजी अस्पताल, काठमाडौं वा भारतका स्वास्थ्य संस्थातर्फ जान बाध्य हुने गरेका छन्।

यसैबीच, चितवन मेडिकल कलेजअन्तर्गतको सीएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालकै शुल्कमा किमोलगायत क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले सरकारी अस्पतालमा पालो नपाएका बिरामीको संख्या पछिल्लो समय बढ्दै गएको बताए।

Previous Post

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

Next Post

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
आर्थिक

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

३१ भदौ २०८३,
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शिक्षा

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

३१ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
Load More
Next Post
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In