• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ साउन २०८३,
0
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इराकका प्रधानमन्त्री अली अल–जैदी मङ्गलबार टर्की पुग्नुभएको छ । उहाँको भ्रमणका क्रममा इराकी तेल निर्यातलाई क्षेत्रीय तनावबाट पर्ने जोखिम कम गर्न टर्कीसम्म तेल पाइपलाइन विस्तार गर्ने योजनालगायत ऊर्जा, व्यापार र सुरक्षा विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

पदभार सम्हालेयता प्रधानमन्त्री जैदीको यो तेस्रो विदेश भ्रमण हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसहितका अधिकारीसँग हुने भेटवार्तामा सुरक्षा, व्यापार, ऊर्जा, यातायात तथा जल व्यवस्थापनका विषयमा छलफल हुने टर्कीका अधिकारीले बताएका छन् ।

इराकी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षको हित हुने गरी संयुक्त पूर्वाधार परियोजनाबारे छलफल गर्ने उल्लेख छ ।

गत वर्षको संसदीय निर्वाचनपछि प्रधानमन्त्री चयनमा देखिएको लामो राजनीतिक गतिरोध अन्त्य गर्दै सर्वसम्मत उम्मेदवारका रूपमा प्रधानमन्त्री बन्नुभएका जैदी अमेरिकाको वासिङ्टन र इरानको तेहरान भ्रमणपछि अङ्कारा पुग्नुभएको हो ।

यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्तापछि अमेरिकी कम्पनीले इराकी सरकारसँग करिब ६० अर्ब अमेरिकी डलर बराबरका सम्झौता तथा साझेदारी गरेका थिए । तीमध्ये फारसको खाडीबाट इराकी तेल निर्यातका लागि वैकल्पिक मार्ग निर्माण गर्ने परियोजना पनि समावेश छन् ।

प्रस्तावित एउटा परियोजनाअन्तर्गत दक्षिणी इराकको बसरा हुँदै पश्चिमी इराकको हदिथा र त्यसपछि टर्कीको सेहान बन्दरगाह तथा सिरियाको बानियास बन्दरगाहसम्म पाइपलाइन निर्माण गर्ने योजना छ ।

प्रधानमन्त्री जैदीको भ्रमण टर्कीले उत्तरी इराकमा मुख्य आधार रहेको कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग दशकौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका बेला भएको हो ।

पीकेकेले गत वर्ष शान्ति प्रक्रियाको हिस्साका रूपमा हतियार त्याग्ने र सङ्गठन विघटन गर्ने घोषणा गरेको थियो ।

टर्कीले शान्ति प्रक्रियालाई अघि बढाउन सीमित आममाफीसहितको कानुनी व्यवस्था गर्ने तयारी गरिरहेको छ । यसबाट पीकेकेका केही लडाकुलाई टर्की फर्कन अनुमति मिल्न सक्ने अपेक्षा गरिएको छ ।

पीकेकेले सन् १९८४ देखि टर्कीविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ । उक्त द्वन्द्वमा हालसम्म हजारौँ मानिसको मृत्यु भइसकेको छ । टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले पीकेकेलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेका छन् ।

Previous Post

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

Next Post

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

metakhabar

metakhabar

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
Load More
Next Post
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In