• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    अमेरिकासँग सहमति असम्भव : इरान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ साउन २०८३,
0
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलघाँटीलाई इरानको ‘शक्तिको शिखर’ भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रतिरोधको नीतिलाई निरन्तर अघि बढाइने र क्यास्पियन सागर क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिनुभएको छ ।

इरानी समाचार संस्था आइएसएनएका अनुसार संसद्को सार्वजनिक तथा बन्द सत्रलाई सम्बोधन गर्दै हाजी बाबाईले हिजबुल्लाहले इरानी नेतृत्वप्रति व्यक्त गरेको समर्थनलाई प्रतिरोध आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । उहाँका अनुसार यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा इरान र प्रतिरोध पक्षको प्रभाव बढाएको छ तथा अमेरिका र इजरायललाई पछि हट्न बाध्य बनाएको छ ।

उहाँले दिवङ्गत सर्वोच्च नेता अयातुल्ला सैय्यद अली हुसैनी खामेनीको भनाइ उद्धृत गर्दै लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण तथा इजरायली आक्रमणको पूर्ण अन्त्यलाई कुनै पनि सम्भावित समझदारीको पहिलो सर्त बनाइएको बताउनुभयो ।

वर्तमान सर्वोच्च नेता अयातुल्ला सैय्यद मोजताबा हुसैनी खामेनीको भनाइ उद्धृत गर्दै हाजी बाबाईले जिहाद र प्रतिरोधबाहेक अर्को विकल्प नरहेको र यही मार्गमा अडिग रहे सफलता प्राप्त हुने धारणा व्यक्त गर्नुभयो ।

अमेरिकाप्रति लक्षित टिप्पणी गर्दै उहाँले इरानले वासिङ्टनको इच्छाअनुसार चल्न नहुने र अमेरिकालाई क्षेत्रमा प्रभावशाली भूमिका खेल्न दिइन नहुने बताउनुभयो । उहाँका अनुसार इरानी जनताको इच्छाशक्तिले अमेरिकालाई क्षेत्रीय तथा इरानको आन्तरिक राजनीतिमा निष्क्रिय बनाएको छ ।

हाजी बाबाईले अमेरिकाको युद्ध, शान्ति र संवाद सबै रणनीतिक उद्देश्यबाट निर्देशित हुने दाबी गर्दै त्यसकारण इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउनुभयो ।

उहाँले विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुज जलघाँटीले इरानलाई ठूलो रणनीतिक शक्ति दिएको उल्लेख गर्दै त्यसको संरक्षणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने धारणा राख्नुभयो ।

यसैबीच, क्यास्पियन सागरमा इरानी जहाजमाथि हालै भएका भनिएका आक्रमणको प्रसङ्ग उल्लेख गर्दै उहाँले युक्रेनलाई चेतावनी दिँदै त्यस्तो कुनै पनि गतिविधि दोहोरिए इरानले कडा प्रतिक्रिया दिने बताउनुभयो ।

Previous Post

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

Next Post

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

metakhabar

metakhabar

सम्बन्धित खबर

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट
आवाज

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

१३ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

१३ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
फिचर-ब्यानर

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
फिचर-ब्यानर

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

१३ साउन २०८३,
Load More
Next Post
जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In