स्वामी रामतीर्थका केही अमर वाणीहरुः
१) जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ ।
२) साँचो छिमेकी त्यो होइन जो तिमीसँग उही घरमा बस्छ, बरु त्यो हो जो तिमीसँग उही विचार स्तरमा रहन्छ ।
३) निज गौरबको सम्मान जसलाई राख्नु छ ऊ कुनै वस्तु सित्तै पाउने अपेक्षा गर्दैन बरु आफ्नो पौरखले प्राप्त गर्दछ ।
४) देशमा प्रेम र जातीय एकता तबसम्म स्थायी हुन सक्दैन, जबसम्म जनसंख्याको वृद्धि र भूमिको पैदावार एक अर्काको अनुरुप नहोऊन् ।
५) लोकाचारको दलदलमा गाडिइरहनु, संचयलाई रीतिरिवाजको धारामा बग्नदिनु, कुनै जड वस्तु झैँ नामरुपको इनारमा डुब्नु, सम्पत्तिको सरोवरमा गोता लगाउनु र त्यस मौकालाई जुन राष्ट्रसेवामा लगाउनुपथ्र्याे, धन कमाउनमा लगाउनु र फेरि त्यसैलाई परोपकार भन्नु के यो जडता वा अकर्मण्यता होइन ।
६) सर्वाेपरि र श्रेष्ठ दान जो तिमी कसैलाई दिन सक्छौ, त्यो विद्या वा ज्ञानको दान हो । कसैलाई आज भोजन देऊ, भोलि पनि ऊ त्यति नै भोकाउँछ । तिमी उसलाई कला सिकाइदेऊ तब ऊ जीवनभरी आफ्नो जीविका प्राप्त गर्न योग्य हुन्छ ।
७) तिमीमाथि सङ्कट, दुःख र चिन्ता यस कारण आउँदछन् कि आफूभित्रको वैकुण्ठको अनुभूति गर्न सक ।
८) यज्ञ र हवनले विपत्ति टर्दछ, यो भनाइ आज पनि त्यति नै सत्य छ जति प्राचीन पुण्यकालमा थियो । भेद केवल यति नै छ कि यो यज्ञमा निर्दाेष प्राणीमा सट्टा आफ्नो दलबन्दीको वृत्ति अर्थात् जातिभेद र ईष्र्याभावको बलि दिनु छ, जसले हाम्रा लागि यही लोकमा स्वर्ग ल्याइदिन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













