• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

    गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

metakhabar by metakhabar
३२ असार २०८३,
0
म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ३२ असारः यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ ।

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् ।

पानी र अहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका लागि आवश्यक पर्ने पानी सङ्कलन गर्न पोखरी बनाइएको वन अधिकृत शान्तिकुमारी शाहीले जानकारी दिनुभयो ।

“पानी र अहारको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआऊन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ,” उहाँले भन्नुभयो, “वनमै पानी र अहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।”

पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताउनुभयो ।

बेनी नगरपालिका–५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका–३ बरंजाको भोटेखोला, धवलागिरि गाउँपालिका–३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानी–कालो सल्लेरी, मालिका गाउँपालिका–६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका–३ दानाको धुरीवन सामुदायिक वनमा पोखरी निर्माण भएको हो । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८÷७९ मा १०, २०७९÷८० मा छ, २०८०÷०८१ मा १० र २०८१÷०८२ मा पाँच वटा गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् ।

जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् ।

Previous Post

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

Next Post

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

metakhabar

metakhabar

सम्बन्धित खबर

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
आर्थिक

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

३२ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आवाज

कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

३२ असार २०८३,
गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
आवाज

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

३२ असार २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

३२ असार २०८३,
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
आवाज

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

३२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार २०८३,
Load More
Next Post
गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In