• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

metakhabar by metakhabar
३२ असार २०८३,
0
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानले बुधबार देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर बन्दरगाह सहरलाई लक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ । यससँगै अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य द्वन्द्व थप चर्किएको छ ।

फेब्रुअरीमा सुरु भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गत महिना अमेरिका र इरानबीच भएको ‘इस्लामाबाद समझदारीपत्र’पछि केही समय शान्ति कायम भएको थियो । तर पछिल्ला दिनमा दुवै पक्षले पुनः एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण थालेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । बहराइनले भने आफ्ना सुरक्षाबलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू निस्तेज पारेको जनाएको छ । यसैबीच, जोर्डनले पनि इरानबाट प्रहार गरिएका तीन वटा क्षेप्यास्त्र खसालेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्ताको टेबलमा नफर्किए आगामी सातादेखि इरानका ऊर्जा पूर्वाधार, विद्युत् केन्द्र र पुलहरूमा थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

“अर्को साता उनीहरूका लागि अझ कठिन हुनेछ,” ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भन्नुभयो ।

यद्यपि दुवै पक्षबीचको मध्यस्थतामार्फत जारी कूटनीतिक प्रयास औपचारिक रूपमा भने समाप्त भएको छैन ।

होर्मुज जलसन्धि विवाद पुनः केन्द्रमा
द्वन्द्वको प्रमुख केन्द्र फेरि होर्मुज जलसन्धि बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले जलसन्धिमा नियन्त्रण कडा बनाउँदै पटक–पटक बन्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकाले त्यसको जवाफस्वरूप इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरेको छ । यद्यपि ट्रम्पले होर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत शुल्क लगाउने योजना भने फिर्ता लिनुभएको छ ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी नाकाबन्दीले ‘इस्लामाबाद समझदारीपत्र’को उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

बुशेहरसहित दक्षिणी क्षेत्रमा विस्फोटः
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले व्यावसायिक जहाज र समुद्री सुरक्षामा इरानको खतरा कम गर्न होर्मुज जलसन्धि र तटीय क्षेत्रमा दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केश्म टापु, बन्दर इमाम खोमेनी र बुशेहर क्षेत्रमा विस्फोट भएका छन् । बुशेहरमा इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको छ ।

समुद्री सुरक्षा र मानवीय असरः
इरानले अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलसन्धि बन्द रहने दोहो¥याएको छ ।सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत सातामात्र इरानले सात वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको र त्यसबाट सर्वसाधारण चालक दलका सदस्य मारिएको, घाइते भएको वा बेपत्ता भएको आरोप लगाउनुभएको छ ।

सङ्कट व्यवस्थापन कम्पनी एमटीआई नेटवर्कका अनुसार मङ्गलबार ओमानको तट नजिकै अज्ञात विस्फोटबाट एक नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको छ ।

कुवेतले पनि इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्ना नौसैनिक जहाजमध्ये एउटामा क्षति पुग्दा चालक दलका चार सदस्य घाइते भएको जनाएको छ ।

हताहती र क्षेत्रीय चेतावनीः
इरानी सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीका अनुसार, गत सातायता अमेरिकी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी क्षेत्रमा भएको छुट्टै आक्रमणमा सात सैनिक मारिएको इरानी सेनाले जनाएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिनुभएको छ । उहाँले इरानी नेतृत्वलाई सम्बोधन गर्दै भन्नुभयो, “यदि तिमीहरूले हामीमाथि आक्रमण गर्यौ भने अवस्था शान्त रहन्छ भन्ने नसोच ।”

Previous Post

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

Next Post

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In