• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३१ असार २०८३,
0
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ, ३१ असारः ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ ।

पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छायाँ पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ दुबईबाट फर्किएर नगदेबालीमा लाग्नुभएको छ । उहाँले ४० रोपनीमा अलैँची खेती विस्तार गर्नुभएको छ । दाना र बिरुवा बिक्रीबाट उहाँले वार्षिक करिब रु १५ लाख बराबर आम्दानी गर्दै आउनुभएको छ ।

उहाँ नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ भने यसअघि लमजुङ शाखाको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।

उहाँका अनुसार केही वर्षअघि गाउँमै पर्याप्त आम्दानीको आधार नभएपछि रोजगारीका लागि गाउँ छाडेर सहर जानुपरेको थियो । अलैँची खेतीको सम्भावना देखेर उहाँ गाउँ फर्किनुभएको हो । अहिले यही व्यवसायबाट परिवारको खर्च धान्दै सम्मानजनक आम्दानी गर्न सफल भएको र गाउँमै बसेर पनि राम्रो भविष्य बनाउन सकिने उहाँले बताउनुभयो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङ पनि वैदेशिक रोजगारीबाट फर्किएर अलैँची खेतीमा सफल हुनुभएको छ । दश वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका उहाँले बेँसीसहर नगरपालिका–१० खाँचेमा २५ वर्षदेखि उक्त खेती गर्दै आउनुभएको छ ।

एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा विस्तार भएको छ । केही वर्षअघि रोगका कारण पुराना बोट हटाएर नयाँ बिरुवा लगाउनुपरे पनि अहिले बगान पुनः राम्रो अवस्थामा पुगेको छ । यस वर्ष उहाँले थप नयाँ बिरुवासमेत रोप्नुभएको छ ।

उहाँका अनुसार रोग लाग्नुअघि गाउँका धेरै किसानले वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्ने गरेका थिए । पछिल्ला केही वर्ष रोग र मूल्यका कारण आम्दानी घटे पनि यस वर्ष उत्पादन र मूल्य दुवैमा सुधार आएपछि किसान उत्साहित भएका छन् ।

सो खेतीबाट प्राप्त आम्दानीले उहाँले चितवनमा एक कट्ठा जग्गा खरिद गर्नुभएको छ भने गाउँमै चारकोठे घर निर्माण गर्नुभएको छ । विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कृषि व्यवसाय गर्दा कम दुःखमा राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँको छ ।

अलैँची खेतीकै कारण पहिले बाझिँदै गएका पाखापखेरा अहिले हराभरा बगानमा परिणत भएका छन् । गाउँ छाडेर गएका केही युवा पनि फर्किएर खेतीमा लाग्न थालेका छन् । यसले गाउँ उजाडिनबाट जोगाउनाका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर बढाएको उहाँले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाकी चित्रमाया तामाङले चालु आर्थिक वर्षमा जिल्लामै सबैभन्दा बढी रु २० लाख बराबरको अलैँची बिक्री गर्नुभयो ।

जिल्लाका आस गुरुङ, कामरासी गुरुङ, दिलमाया गुरुङ र भुपाल कुँवरलगायतका किसानले पनि यस खेतीबाट वार्षिक रूपमा राम्रो आम्दानी गर्दै आउनुभएको छ । जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन र कारोबार मस्र्याङ्दी गाउँपालिकामा हुने गरेको उहाँको भनाइ छ ।

मस्र्याङ्दी गाउँपालिका–५ का गज घले पनि पाँच वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि अलैँची खेतीमा लाग्नुभएको हो । हाल सात रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशको रोजगारी छाडेर आफ्नै गाउँमा अलैँची खेती गर्दै परिवारसँग बस्न पाउँदा सन्तुष्ट रहेको र आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्ने सोच रहेको उहाँले जानकारी दिनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष रोजगारी गरेपछि स्वदेश फर्किएर अलैंची खेतीलाई व्यावसायिक बनाउनुभएको हो । एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार भएको छ । यस वर्ष चार क्विन्टलभन्दा बढी अलैँची उत्पादन हुने र करिब रु आठ लाख आम्दानी हुने उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कम दुःखमा राम्रो आम्दानी गर्न सकिएको छ । अलैँची खेतीबाट घरपरिवारको खर्च धान्नुका साथै अन्य कृषि व्यवसाय विस्तार गर्न पनि सहज भएको उहाँको अनुभव छ ।

कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने भएकाले अलैँची खेतीको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो । मूल्यमा हुने उतारचढाव, रोग व्यवस्थापन र उत्पादनमा आउने कमी अझै पनि कृषकका मुख्य चुनौतीका रूपमा छन् ।

केही वर्षअघि रोगका कारण धेरै बगान प्रभावित भए पनि अहिले नयाँ बिरुवा विस्तार भएसँगै उत्पादन क्रमशः सुधार हुँदै गएको छ । विगतका केही वर्ष मूल्य सन्तोषजनक नभए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० बराबरको मूल्य पाएपछि किसान उत्साहित भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० लाख बराबरको आम्दानी भएको छ । गत आर्थिक वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य बढेका कारण किसान को आम्दानी बढेको उहाँको भनाइ छ ।

छिमेकी मुलुक भारतमा समेत अलैँची उत्पादन घटेकाले माग बढ्दा यहाँका किसानले राम्रो मूल्य पाएका हुन् । कृषि अधिकृत मिजारका अनुसार उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तरीय बिरुवा उपलब्ध गराउने तथा प्राविधिक सहयोगलाई प्राथमिकताका साथ अघि बढाइएको छ । किसानलाई आवश्यक तालिम, सचेतनामूलक कार्यक्रम तथा विभिन्न सहयोग उपलब्ध गराउँदै सो खेतीको उत्पादन र गुणस्तर सुधारमा काम भइरहेको उहाँले बताउनुभयो ।

परियोजनाका अनुसार जिल्लामा हाल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ ।

मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई अलैँची जोन क्षेत्रका रूपमा घोषणा गरिएको छ ।

लमजुङमा ७०० देखि एक हजार २०० मिटर उचाइमा साउने, जिर्मले र डम्बरशाही, एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइमा गोलशाही तथा एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची खेती हुँदै आएको छ ।

अलैँची खेतीले लमजुङका किसानलाई आयआर्जनको भरपर्दो आधार दिएको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्न, बाँझो जमिनको सदुपयोग गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याएको छ ।

उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तर सुधार र स्थिर बजार सुनिश्चित गर्न सके ‘कालो सुन’ अलैँचीले आगामी दिनमा लमजुङको ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

Next Post

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
आर्थिक

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

३१ असार २०८३,
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
आवाज

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

३१ असार २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
आवाज

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

३१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
कृषि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

३१ असार २०८३,
Load More
Next Post
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In