• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

metakhabar by metakhabar
२९ असार २०८३,
0
मनसुनी वर्षा : रोपाइँलाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ, २९ असारः कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो । तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ ।

यो वर्ष असार सकिन लाग्दा खोला र खोल्सामा पानी नहुँदा अहिलेसम्म लमजुङका धेरै खेतमा रोपाइँ हुन सकेको छैन । अझै पनि किसान पानी पर्ने आशामा आकाशतिर हेरिरहेका छन् । धान रोपाइँको मुख्य समय मानिने असारको अन्त्यसम्म पनि जिल्लामा अपेक्षित रूपमा रोपाइँ हुन नसक्दा कतिपय किसान चिन्तित छन् । समयमा पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रका किसान बढी प्रभावित भएका छन् । कतिपय स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन् ।

कृषि विकास कार्यालयका प्रमुख किरण सिग्देलका अनुसार असार २७ गतेसम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । समयमा पानी नपर्नु र सिँचाइ सुविधा नभएका क्षेत्रमा पानीको अभाव हुनु रोपाइँ ढिलाइको मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । गत वर्ष भने यो समयमा धेरै रोपाइँ भइसकेको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष रोपाइँ निकै पछाडि परेको प्रमुख सिग्देलले बताउनुभयो । “समयमा पानी नपरेका कारण रोपाइँ ढिला भएको छ । केही ठाउँमा खोलाको पानी तथा अन्य स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै पानीको पर्खाइमा छन्,” उहाँले भन्नुभयो ।

धान रोपाइँको समय स्थानअनुसार उत्पादनमा फरक पर्छ । गर्मी क्षेत्रका किसानले केही ढिला रोप्दा पनि उत्पादनमा ठूलो असर नपर्न सक्छ भने चिसो क्षेत्रका लागि समयमै रोपाइँ गर्नु आवश्यक हुन्छ । चिसो क्षेत्रमा ढिलो रोप्दा किराको समस्या आउने, बाली बिग्रने तथा उत्पादनमा असर पर्न सक्ने भएकाले असार १५ भित्रै रोपाइँ सक्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

पछिल्लो समय लमजुङमा स्थानीय जातको धानभन्दा हाइब्रिड जाततर्फ किसानको आकर्षण बढेको छ । हाइब्रिड जातको धान ढिलो रोप्दा तुलनात्मक रूपमा कम असर पर्ने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसतर्फ आकर्षित हुँदै गएको पाइन्छ । कृषि मजदुरको अभाव र अनुकूल समयमा पानी नपाउनु पनि किसानका लागि चुनौती बनेको छ ।

कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये नौ हजार २९९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । दोर्दी गाउँपालिकामा पनि यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा निकै पछाडि परेको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा करिब ७० देखि ८० प्रतिशतसम्म रोपाइँ सकिइसकेको थियो । दोर्दी गाउँपालिकाका अधिकांश क्षेत्र आकाशे पानीमा निर्भर छ । स्थायी सिँचाइ सुविधा न्यून रहेका कारण किसान वर्षाको भरमा खेती गर्न बाध्य छन् । पर्याप्त पानी नपर्नु र खेतमा भल नआउनु यस वर्ष रोपाइँ ढिलाइको कारण बनेको छ ।

दोर्दी गाउँपालिका–४ नौथर सेराका किसान लक्ष्मण गुरुङ पनि ढिला रोपाइँबाट प्रभावित हुनुहुन्छ । करिब आठ रोपनी जग्गा रहेका उहाँले पानी पुगेको क्षेत्रमा मात्र रोपाइँ गर्नुभएको छ । “करिब चारदेखि साढे चार रोपनी जति जग्गामा रोपाइँ भइसकेको छ । बाँकी जग्गामा पानी नभएकाले रोपाइँ रोकिएको छ । पानी परेपछि रोप्ने तयारीमा बसेका छौँ,” उहाँले भन्नुभयो ।

दोर्दी गाउँपालिका–८ दुबार गाउँकी किसान लालमाया मिजार पनि खेत तयार पारेर पानीको प्रतीक्षामा हुनुहुन्छ । गत वर्ष यही समयमा पाँच–छ हल खेतमा रोपाइँ सकिसकेको भए पनि यस वर्ष गाउँका अधिकांश किसानको रोपाइँ बाँकी रहेको उहाँले बताउनुभयो ।

दुबार, बन्सार, खिमचोक क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । विगतमा मूल फुटेर खोला–नाला बढेपछि त्यही पानी प्रयोग गरेर रोपाइँ गर्ने गरिए पनि यस वर्ष पर्याप्त पानी नपरेपछि किसान अन्यौलमा रहन बाध्य छन् ।

अर्कातर्फ लामो समयसम्म रोपाइँ नभएर बीउ राख्दा उत्पादनमा असर पर्ने किसानको चिन्ता छ । सामान्यतया ४० दिनभित्र रोप्नुपर्ने धानको बीउ कतिपय किसानको दुई महिनासम्म पुग्न लाग्दा रोप्न नपाएको किसान मिजारको गुनासो छ । मौसममा आएको फेरबदलले लमजुङका किसानको खेती गर्ने समय र परम्परागत कृषि क्यालेन्डरमा समेत परिवर्तन ल्याएको छ । रोपाइँका लागि खेत र बीउ तयार छ, पानीको अभावले काम रोकिएको धान रोपाइँ प्रभावित भएको छ ।

समयमै रोपाइँ हुन नसक्दा धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने किसानमा चिन्ता उत्तिकै छ । असारमा सकिनुपर्ने रोपाइँ साउन कुर्नुपर्ने बाध्यता पर्नुले बदलिँदो प्राकृतिक अवस्थासँग किसानले गरिरहेको सङ्घर्ष उदाहरण बनेको छ ।

Previous Post

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

Next Post

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
समाचार

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

३० असार २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In