• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

metakhabar by metakhabar
२० असार २०८३,
0
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलेवा (बागलुङ), २० असारः मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ । मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोटलगायतका स्थल भ्रमण गर्न थालेका छन् ।

कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट मुक्तिनाथ पुग्ने सडक सञ्चालनमा आएपछि तथा पोखरा आएका पर्यटक बागलुङतर्फ पनि आकर्षित हुन थालेपछि यहाँका होटलमा भारतीय पर्यटकको उपस्थितिसमेत उल्लेख्य रूपमा बढेको छ ।

भारतबाट आएका तीर्थयात्री आशुतोष नमादले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोट र कालीगण्डकी नदीमाथि बनेको लामो झोलुङ्गे पुलको भिडियो बनाएर टिकटक तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । उहाँले मुक्तिनाथदेखि बागलुङसम्मका धार्मिक स्थललाई एउटै धार्मिक सर्किटका रूपमा प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भारतको अयोध्याबाट आउनुभएका बालकृष्ण आचार्य शालीग्राम सङ्ग्रहालय देखेर निकै प्रभावित हुनुभयो । “हामीले घरमा एक–दुई वटा शालीग्राम राखेर पूजा गर्दै आएका थियौँ । यहाँ त विशाल सङ्ग्रहालयमै दर्शन गर्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “हामी यस क्षेत्रको प्रचार गरेर थप तीर्थयात्रीलाई यहाँ आउन प्रेरित गर्नेछौँ ।”

सङ्ग्रहालयमा करिब एक लाख १५ हजार शालीग्राम १५० मिटर लामो सुरुङभित्र व्यवस्थित रूपमा राखिएको छ । कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनका कारण दुर्लभ बन्दै गइरहेका बेला तिनको संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको हो। यहाँ आन्तरिक तथा भारतीय पर्यटक नियमित रूपमा आउने गरेका छन् ।

शालीग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यका अनुसार औपचारिक तथ्याङ्क नराखिए पनि वार्षिक करिब एक लाख पर्यटकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । तीमध्ये ३० हजारभन्दा बढी भारतीय पर्यटक रहेको अनुमान छ । सात वर्षअघि स्थापना भएको यो सङ्ग्रहालय मुक्तिनाथ दर्शन गरेर फर्किने अधिकांश पर्यटकको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो ।

शुद्ध शाकाहारी भोजन रुचाउने तीर्थयात्रीका लागि स्थानीय होटलका साथै मुक्तिनाथ वेद विद्याश्रम पाठशालाको आश्रममा समेत बसोबासको व्यवस्था गरिएको छ । मुक्तिनाथ भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सातदेखि १० दिनको प्याकेज यात्रामा नेपाल आउने र त्यसक्रममा एकदेखि डेढ दिन बागलुङमा बिताउने गरेका छन् ।

भारतको मायापुरबाट आएका माधव हरिदासले शालीग्राम सङ्ग्रहालय भ्रमणबाट आध्यात्मिक शान्ति प्राप्त भएको अनुभव सुनाउनुभयो । “संसारका धेरै स्थान घुमेँ, तर एकै ठाउँमा यति धेरै शालीग्रामको दर्शन गर्ने अवसर पहिलो पटक पाएँ”, उहाँले भन्नुभयो ।

प्रपन्नाचार्यका अनुसार भारतको केरल, आन्ध्र प्रदेश, गुजरातलगायतका राज्यबाट धेरै तीर्थयात्री बागलुङ आउने गरेका छन् । पछिल्ला वर्षमा भारतका चर्चित कलाकार, व्यवसायी तथा नेपाल–भारत प्रवद्र्धनात्मक भ्रमणमा आएका टोलीले समेत बागलुङलाई भ्रमण सूचीमा समावेश गर्न थालेका छन् ।

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले भारतीय पर्यटक बागलुङका धार्मिक तथा प्राकृतिक गन्तव्यप्रति आकर्षित हुँदै गएको बताउनुभयो ।

करिब पाँच सय वर्ष पुरानो इतिहास बोकेको बागलुङ कालिका मन्दिर र पञ्चकोट अहिले प्रमुख आकर्षणका रूपमा स्थापित हुँदै गएका छन् । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार कालीगण्डकी सभ्यता र यसको धार्मिक महत्वबारे जानकारी लिन चाहने पर्यटकको संख्या पनि बढ्दो छ । भारतबाट आउने तीर्थयात्रीले जनकपुर, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथसँगै शालीग्राम सङ्ग्रहालयलाई पनि यात्राको महत्वपूर्ण गन्तव्य बनाउन थालेका छन् ।

गण्डकी प्रदेश सरकारले मुक्तिनाथ–बागलुङ कालिका–पञ्चकोट क्षेत्रलाई धार्मिक सर्किटका रूपमा विकास गर्ने योजना बजेटमार्फत सार्वजनिक गरेपछि स्थानीयमा थप उत्साह बढेको छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले पर्यटन नै स्थानीय समृद्धिको प्रमुख आधार भएको बताउनुभयो । “पर्यटक बढे स्थानीय उत्पादनको माग बढ्छ, किसानको आम्दानी पनि वृद्धि हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पर्यटकमैत्री वातावरण निर्माण, सरसफाइ तथा पर्यटकको रोजाइअनुसारका सेवा र परिकार विकासमा स्थानीय तह र निजी क्षेत्रले पहल गरिरहेका छन् ।

Previous Post

वन उद्यममा जोडिँदै नवलपुरका महिला

Next Post

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

metakhabar

metakhabar

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

२० असार २०८३,
Load More
Next Post
मनसुनी वर्षा : रोपाइँलाई राहत

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In