• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

metakhabar by metakhabar
१८ असार २०८३,
0
सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)। तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत्वका जडीबुटीको उत्पादनतर्फ समुदाय अग्रसर भएपछि देवघाट क्षेत्र जडीबुटी खेतीको केन्द्र बन्न लागेको हो ।

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले तनहुँ जिल्लामै पहिलो पटक सर्पगन्धाको व्यावसायिक खेती थालेको छ । समूहले गत आर्थिक वर्षदेखि चार रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपण गरेको छ । उक्त परियोजनामा डिभिजन वन कार्यालय तनहुँले रु चार लाख र मधुवन सामुदायिक वनले रु एक लाख दश हजार गरी कुल पाँच लाख १० हजार लगानी भएको छ ।

सर्पगन्धा खेती विस्तार गर्ने अभियानमा देवघाटका अन्य सामुदायिक वन पनि जोडिएका छन् । वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनले चार हजार र रानीवन सामुदायिक वनले एक हजार बिरुवा रोपेका छन् । यसैगरी कालिका सामुदायिक वन तथा वडा नम्बर १ को सुनझाँक्री सामुदायिक वनले प्राकृतिक रूपमा उम्रिएका सर्पगन्धाका बिरुवाको संरक्षण अभियान सुरु गरेका छन् । चालु आर्थिक वर्षभित्र थप बिरुवा रोपण गर्ने योजना समेत वन समूहहरूले बनाएका छन् ।

मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराम अधिकारीले सर्पगन्धाको महत्व र बजार सम्भावनालाई मध्यनजर गर्दै यसको व्यवसायिक खेती सुरु गरिएको बताउनुभयो । “सामुदायिक वनको आम्दानी बढाउनुका साथै वनलाई उत्पादनमुखी बनाउने उद्धेश्यले यो खेती सुरु गरेका हौं,” उहाँले भन्नुभयो, “गत वर्ष रोपिएका बिरुवाको संरक्षण, गोडमेल र विस्तार गर्दै आगामी वर्षहरूमा राम्रो आम्दानी लिन सकिने विश्वास छ ।”

चक्रवर्ती सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीका अनुसार वनमा फैलिएका झाडी हटाएर बहुमूल्य जडीबुटीको खेती गरिएको हो । “अबको दुई वर्षभित्र यसबाट प्रत्यक्ष आर्थिक लाभ लिन सकिने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनहरूले आम्दानीका वैकल्पिक स्रोत खोज्नुपर्ने बताउँदै देवघाटको तल्लो भेगको हावापानी सर्पगन्धा खेतीका लागि उपयुक्त भएकाले भविष्यमा यसबाट उल्लेखनीय आम्दानी लिन सकिने बताउनुभयो ।

सव–डिभिजन वन कार्यालय देवघाटका अनुसार उपभोक्ताहरूलाई सर्पगन्धाको महत्व, उपयोगिता र बजार मूल्यबारे जानकारी गराइएपछि व्यवसायिक खेतीतर्फ आकर्षण बढेको हो । पहिले झाडी ठानेर नष्ट गरिने यो वनस्पति अहिले वन समूहहरूको प्राथमिकतामा पर्न थालेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार जिल्लामा हालसम्म देवघाटका सामुदायिक वनले मात्रै सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेका छन् ।

समुद्री सतहबाट दुई सयदेखि पाँच सय मिटर उचाइसम्मको भूभाग सर्पगन्धा खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण देवघाटका वडा नम्बर १ र ५ बाहेकका अधिकांश क्षेत्रमा यसको खेती सम्भव नभएको वन कार्यालयले जनाएको छ ।

सर्पगन्धा (राउल्फिया) एक बहुवर्षीय सदाबहार औषधीय वनस्पति हो । यसको जरामा पाइने ‘रिसर्पिन’, ‘सर्पेन्टाइन’ र ‘एज्मालिन’ जस्ता वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निद्रा नलाग्ने समस्या, डिप्रेसन, मानसिक उत्तेजना तथा मिर्गी रोगको उपचारमा उपयोगी मानिन्छन् ।

Previous Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Next Post

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

metakhabar

metakhabar

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In