• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

metakhabar by metakhabar
१७ असार २०८३,
0
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डुम्रे (तनहुँ), १७ असारः यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोपन थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यहाँको सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपन सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिनुभयो । “ठूलो परिमाणमा तनहुँमा पहिलोपटक रुद्राक्ष रोपन गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोपन थालिसकिएको छ ।”

पहिलो चरणमा वनमा ४०० रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणको रुद्राक्ष रोपन सकिएको छ । मालागिरि साुमदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो । हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ ।”

जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्षयता परीक्षणका रुपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताउनुभयो । पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोपन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सगरमाथा वृक्षरोपण महाअभियानका अवसरमा बृहत् वृक्षरोपण थालिएको हो । मालागिरि सामुदायिक वनको १.९२ हेक्टर क्षेत्रमा एक हजार ७०० बिरुवा रोपन गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा ४०० बिरुवा रोपिएको छ भने बाँकी रोप्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ताका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षण र स्थानीय रूपमा आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । परम्परागत रूपमा दाउरा र घाँसमा निर्भर रहँदै आएको सामुदायिक वन व्यवस्थापनलाई अब आयमूलक वन उपज उत्पादनतर्फ मोड्न रुद्राक्ष सहायक बन्ने उपभोक्ताको अपेक्षा छ ।

स्थानीय तहले धार्मिक क्षेत्रमा रुद्राक्ष रोपन गर्दै आए पनि डिभिजन वन कार्यालयले पहिलोपटक ठूलो परिमाणमा रुद्राक्ष रोपनलाई प्राथमिकता दिएको छ । केही पालिकाले सामुदायिक वनमा नयाँ बिरुवा रोपिरहेका उपभोक्ता समूहलाई प्रोत्साहन, प्राविधिक तालिम र नर्सरी विकासका लागि तालिम दिने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

हिन्दू धर्ममा पवित्र मानिने रुद्राक्षलाई भगवान् शिवको प्रतीकका रूपमा लिइन्छ । यसको धार्मिक, आध्यात्मिक तथा स्वास्थ्यसम्बन्धी विभिन्न उपयोगिता रहेको विश्वास गरिन्छ । धार्मिक तथा आध्यात्मिक रूपमा माला बनाएर मन्त्र जप गर्नाले मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्ने विश्वास छ । तनाव, चिन्ता र मानसिक अशान्ति कम गर्न मद्दत गर्ने, आत्मविश्वास र सकारात्मक सोच बढाउन यसको उपयोगले सहयोग पुग्ने र स्मरण शक्ति सुधार गर्न प्रयोग गरिएको पाइन्छ ।

रक्तचाप सन्तुलित राख्न सहयोग गर्ने परम्परागत विश्वास छ भने मुटुसम्बन्धी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र शरीरमा ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वाससमेत गरिन्छ । सांस्कृतिक तथा आर्थिक रूपमा नेपालको विशेषगरी पूर्वी पहाडी क्षेत्रमा रुद्राक्षको उत्पादन हुने भएकाले यसको आर्थिक महत्व रहेको छ । रुद्राक्ष धार्मिक पर्यटन र व्यापारसँग पनि जोडिएको छ । विभिन्न मुखी (१ मुखीदेखि २१ मुखीसम्म) रुद्राक्षको बजार मूल्य फरकफरक रहेको पाइन्छ ।

Previous Post

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

Next Post

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In