• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ असार २०८३,
0
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ।

संसद् सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्ने छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो।

सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका थिए।

आजको बैठकका लागि संसद् सचिवालयले सम्भावित विभिन्न १२ वटा कार्यसूची तय गरेको छ।

बैठकको सुरुमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ।

त्यसैगरी, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले “महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३” पेस गर्नेछन्।

आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण संसोधन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ, जसमध्ये: सार्वजनिक खरिद र सहकारी विधेयक: प्रधानमन्त्रीको तर्फबाट मन्त्री महावीर पुनले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन्।

सम्पत्ति शुद्धीकरण र स्वास्थ्य विधेयक: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३” सदनमा प्रस्तुत गर्नेछन्।

आजको बैठकमा “आर्थिक विधेयक, २०८३” माथि प्राप्त संशोधनहरूसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। छलफल पश्चात् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेस भई प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ र सो विधेयकलाई समेत आजै पारित गर्ने कार्यसूची रहेको छ।

बैठकको अन्त्यमा प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्। यस अघि असार ५ गते बैठक बसेको थियो।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

metakhabar

metakhabar

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In