• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

metakhabar by metakhabar
१४ असार २०८३,
0
घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, १४ असारः यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ ।

‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो ।

लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिकाअन्तर्गत सङ्घीय ससर्त अनुदानमा ५०÷५० प्रतिशत लागत साझेदारी रहनेगरी याक र नाक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको रु सात लाख ५० हजार र पशुपालक किसानको रु सात लाख ५० लागतमा याक खरिद गरी वितरण गरिएको छ ।

शनिबार जोमसोमका किसान पेम्बा गुरुङले अनुदान सहुलियतमा याक र नाक खरिद गरी ल्याउनुभएको छ । गाउँपालिकाले अनुदानमा वितरण गरेको याक र नाक तथा बाछाबाछी मनाङबाट खरिद गरिएको अध्यक्ष लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाद्वारा उपलब्ध बजेट दायराभन्दा थप रु आठ लाख मूल्य बराबरका याक र नाक किसान पेम्बा गुरुङले खरिद गरी मुस्ताङ ल्याएउनुभएको हो ।

किसानले ५६ वटाभन्दा बढी याक र नाकसहित बाछाबाछी यहाँ पु¥याएका हुन् । गाउँपालिकाका अध्यक्ष लालचनले थोरै सङ्ख्यामा रहेका याक र नाक धेरै जनालाई अनुदानमा वितरण गर्दा लक्ष्यअनुसार याक प्रवर्द्धन गर्न अप्ठ्यारो पर्ने भएकाले छनोट समितिको मापदण्डभित्र रहेर एक जना किसानलाई अनुदानका याकनाक वितरण गरिएको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका पशु शाखा अधिकृत आइत थकालीका अनुसार गाउँपालिकाद्वारा अनुदानमा वितरण गरिएका याक र नाक पाँच वर्षसम्म बिक्री गर्न नपाइने सम्झौता गरिएको बताउनुभयो । यो व्यवसाय मात्र नभई हिमाली क्षेत्रको मौलिक संस्कृति भएकाले जैविक विविधता र पारिस्थितिक प्रणालीमा योगदान पु¥याउने उद्देश्यले गाउँपालिकाद्वारा याक र नाक वितरण गरिएको उहाँको भनाइ छ ।

यसअघि घरपझोङ गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा याक र नाक वितरण गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार केही किसानले अनुदानका लागि निवेदन पेस गरेका थिए ।

पशु शाखा अधिकृत थकालीका अनुसार जिल्लाको दररेटअनुसार मूल्य निर्धारण गरी रु १५ लाख मूल्यमा याक र नाक खरिद गरी ५० प्रतिशत अनुदान सहुलियतमा प्रदान गरिएको जानकारी दिनुभयो । जिल्लाको ङिस्याङ गाउँपालिकास्थित याकखर्कबाट ३८ चाँैरी, तीन भाले याक र १५ वटा बाछाबाछी खरिद गरी जोमसोम ल्याइएको किसान गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाको अनुदानमा ३८ र १८ वटा व्यक्तिगत लगानीमा खरिद गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले आफूलाई विश्वास गरेर याक र नाक पालन गर्न अनुदान सहुलियत प्रदान गरेकामा खुसी व्यक्त गर्दै गुरुङले व्यावसायिक रूपमा याक र नाक पालन गरी प्रवर्द्धनमा योगदान पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लालचन, कार्यपालिका सदस्य भिषण थकाली र पशु शाखा अधिकृत थकालीले संयुक्त रूपमा ती याक र नाक लाभग्राही किसानलाई हस्तान्तरण गर्नुभयो । ती याक र नाकको बिमा पनि गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

बिमा कम्पनीका प्रतिनिधि गणेश जिसीसहितको टोलीले किसान गुरुङका याक र नाक बिमामा दर्ता गराएका हुन् । उहाँले पशुधनको मूल्य बराबर पाँच प्रतिशत किसानले बिमा शुल्क तिर्नुपर्ने र बाँकी स्थानीय सरकारले शुल्क व्यहोर्ने गरी बिमा गराइएको जानकारी दिनुभयो ।

पछिल्लो समय हिमाली क्षेत्रको पुख्र्यौली पेसा याक र नाक पालन व्यवसाय सङ्कटमा पर्दै गएपछि पालिकाले सङ्घीय सरकारको ससर्त अनुदानमा याक र नाक प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न थालिएको हो । चालु आर्थिक वर्षमा यहाँको थासाङ गाउँपालिकाले पनि पशुपालक किसानलाई अनुदान सहुलियतमा याक र नाक वितरण गरेको थियो ।

जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेक खर्क र पाटनमा गोठ स्थापना गरी पालन गरिएका याक र नाक चरन क्षेत्रको अभाव र जङ्गली वन्यजन्तुको जोखिमका कारण सङ्कटमा पर्न थालेका छन् । याक र नाक पालन व्यवसायको संरक्षण गर्न सरकारद्वारा बिमा सुरक्षा नीति ल्याइएको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।

बिमामा आवद्ध याक र नाक पालक किसानको पशुधन क्षति भएमा बिमा कम्पनीबाट ९० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने बिमा प्रतिनिधि गणेश जिसीले जानकारी दिनुभयो ।

Previous Post

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

Next Post

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In