उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह एचमा ७ अंक जोडेर समूह विजेता बनेको छ ।
स्पेनका लागि एलेक्स बाएनाले मात्र एक गोल गरे । दुई पूर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो ।
तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्यो । समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।
तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो ।
समूह एचमा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो । यो समूहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।













