• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

metakhabar by metakhabar
८ असार २०८३,
0
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी : किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीनदिने आँप मेला महोत्सव  सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा महोत्तरीसहित धनुषाका आँप उत्पादक किसानको सहभागिता थियो ।

धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आयोजित तेस्रो महोत्सवमा मधेस प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेशका व्यापारीद्वारा अवलोकन गरिनुका साथै दुवै जिल्लाका होटल तथा पर्यटन व्यवसायी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले अवलोकन गरेका छन् । महोत्सवमा सहभागी किसानले आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै आफ्नो उत्पादनले उपयुक्त बजार पाउने विश्वास व्यक्त गरेका हुन् ।

महोत्सवस्थल महोत्तरीको भङ्गाहा र बर्दिबास नगरक्षेत्रका बस्तीसँगै जोडिएकाले यस क्षेत्रका किसानको उल्लेख्य सहभागिता थियो । “स्थानीयस्तरमा आयोजित मेलामा हामी सहभागी भयौँ”, बर्दिबास नगरपालिका–६ चौलिखाका पर्शुराम ठाकुरले भन्नुभयो, “यसपालि महोत्सवमा प्रदेश सरकारले पनि चासो दिएको छ । अब किसानले केही सुविधा पाउँछन् कि भन्ने आश जागेको छ ।”

महोत्सवमा आएका टाढाटाढाका व्यापारीले आँप खरिदको चासो बढाएका ठाकुरको भनाइ छ । यसले स्थानीय उत्पादनले परसम्मको बजार पाउने आशा जागेको उहाँले बताउनुभयो ।

महोत्सवमा आफ्नो कक्षबाट १०० क्विन्टल हाराहारी आँप बिक्री भएको चित्रपुरका आँप व्यापारी रामबहादुर महतोले जानकारी दिनुभयो । “मेरो आफ्नो बगैँचा त छैन, तर यही ओरीपरी ५० बिघा बढी क्षेत्रफलको बगैंचा यसपालि ठेक्कामा लिएको छु”, उहाँ भन्नुहुन्छ, “आँप बेच्न टाढाटाढाका सहर पुग्दै आएको छु, यसपालि भने बाहिरका व्यापारीले यहीँ आएर आँप लाने कुरा गरेका छन् ।” महोत्सवमा झापा पारी भारतसम्मका व्यापारी आएका उहाँको भनाइ छ ।

महोत्तरीका बर्दिबास र भङ्गाहाका साथै धनुषाका मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका आँप उत्पादनका लागि उर्वर ठाउँ मानिन्छ । यी चारै स्थानीयतहका किसानलाई कृन्द्रित गरी महोत्सव आयोजना भएको थियो । महोत्सवमा आँपको प्रदर्शनी, बिक्री र व्यापारिक सम्पर्क विस्तार भएको सहभागी किसान बताउँछन् ।

यसैबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधिको सहभागिता र सहयोगको प्रतिबद्धताले किसानलाई हौसला दिएको महोत्सव आयोजक संस्था चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीप महतोले बताउनुभयो ।

“यसपालि महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री आउनुभयो, हामीलाई आँपको प्रशोधन, बजारीकरण र भण्डारणका लागि चिस्यानघरसम्मका विषयमा सरकारको सहयोग हुने बताउनुभयो । यसले हामीमा नयाँ आशा जगाएको छ”, उहाँले भन्नुभयो, “राज्यको सहयोग पाए किसानले बगैँचाखेतीबाट मनग्य आम्दानी गर्न सक्छन् ।” मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्य र स्थानीयतहका प्रतिनिधिको उत्साहजनक सहभागिताले आगामी दिनमा किसानले सुविधा पाउने विश्वास जागेको उहाँको भनाइ छ ।

महोत्सवस्थल चित्रपुरमा मात्रै करिब एक हजार बिघामा आँप बगैँचा छ । बटेश्वर गाउँपालिका क्षेत्रमा बगैँचाको क्षेत्रफल करिब दुई हजार बिघा रहेको अध्यक्ष महतोले जानकारी दिनुभयो । यसैगरी छिमेकका बर्दिबास, भङ्गाहा र मिथिला नगरपालिका क्षेत्र सघन आँपखेतीका लागि उपयुक्त क्षेत्र भएकाले यो क्षेत्रफल करिब पाँच हजार बिघा रहेको उहाँले बताउनुभयो ।

यी स्थानीयतह बस्तीमा आँप पाक्ने मौसम जेठ तेस्रो साताको प्रारम्भसँगै सुरु भएर भदौ अन्त्यसम्म रहने किसान बताउँछन् । “यता सबैभन्दा चाँडो पाक्ने आँप बम्बै जेठमध्यतिर सुरु हुन्छ । अनि असार तेस्रो सातासम्म दशहरी, मालदहको मौसम हुन्छ । त्यसपछि आम्रपाली, मल्लिका, अभैया, कलकतिया, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन र लरुवा जातका आँपको सघन मौसम सुरु हुन्छ”, महोत्सवका सहभागी भङ्गाहा–४ का किसान हरिदेव साहले भन्नुभयो ।

उत्पादनले बजार पाउनु मुख्य पक्ष रहेको बताउँदै उहाँले यसै क्षेत्रमा आँप प्रशोधन र भण्डारणका लागि चिस्यान घर हुनसके यहाँका किसानले वर्षभरि आँपको बजार जमाइ राख्नसक्ने उल्लेख गर्नुभयो । प्रदेशका मुख्यमन्त्रीले आँप प्रशोधन गरेर विभिन्न परिकार बनाउने उद्योग र चिस्यान घर बनाउनेबारे जनाउनुभएको प्रतिबद्धताले अब आँपखेतीमा राम्रो सम्भावनाको क्षेत्र बन्ने साहसहित किसान बताउँछन् ।

आँप महोत्सवको मुख्य पक्ष बजार प्रवर्द्धन र विस्तार भएपनि आफ्नो ठाउँको उत्पादन विशिष्ट स्वादको रहेको भन्ने उपभोक्तालाई चिनाउनु पनि मुख्य एजेण्डा रहेको आयोजक संस्थाका फुलगेन मगहीले बताउनुभयो । “हामीले महोत्सवमा सहभागी उपभोक्तालाई थरिथरिका आँप चखाएका छौँ । सबैले यहाँको आँपको स्वादको सराहना गरेका छन्”, उहाँले भन्नुभयो, “यो पनि महोत्सवको सफलता हो ।”

मगहीले भनेजस्तै महोत्सवमा सहभागी हुनुभएका भङ्गाहा–९ भीमगढका श्यामसिंह थारुले यस भेगका आँप मौलिक स्वादका रहेका बताउनुभयो । महोत्सवमा ५० लाख बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

पाकेका तथा काँचा आँप र थरिथरिका अचारका परिकार प्रदर्शनी र बिक्रीका लागि राखिएका थिए । तीनदिने महोत्सवमा १० हजार बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।

आँप उत्पादनको पकेटक्षेत्र भएकाले यहाँको उत्पादनबारे राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराउन र आमचासो जगाउन महोत्सव आयोजना गरिएको भन्दै यसको उद्देश्यमा सफल भएको अध्यक्ष महतोले बताउनुभयो । चित्रपुरमा विसं २०८१ देखि प्रत्येक वर्ष असारमा महोत्सव आयोजना हुँदै आएको छ ।

यो महोत्सव परम्पराले आँपसँगै जोडेर आफ्नो ठाउँको परिचय विस्तार भएको आयोजकले बताएको छ । पहिलो वर्ष एक दिन, गत वर्ष दुई दिन आयोजना भएको महोत्सव यसपालि तीन दिनसम्म भएको आयोजक संस्थाका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

संस्थाको नाम अङ्ग्रेजीमा हुनुका सन्दर्भमा मौसममा नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी ‘चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभ’ राखिएको बताउनुभयो । “हामी वास्तवमै यो ठाउँलाई आँप पर्यटनस्थलका रूपमा विकास गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि राज्यका सरोकार भएका निकायको सहयोगको अपेक्षा गरेका छौँ ।”

मेलामा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले विभिन्न जातका आँपको मेला र बगैँचा अवलोकन गरेका छन् । यसैगरी दुवै जिल्लाका सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति देखिएको थियो ।

महोत्सवमार्फत किसानलाई उत्साहित बनाउँदै खेती विस्तारमा पहल गर्नु रहेको बटेश्वर–१ का वडाध्यक्ष अशोककुमार महतोले बताउनुभयो । महोत्सवबाट यहाँ उत्पादित आँपको प्रचारप्रसार हुनुका साथै खेती प्रवर्द्धनमा सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

Next Post

गोरखामा योग शिविर

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
गोरखामा योग शिविर

गोरखामा योग शिविर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In