• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

metakhabar by metakhabar
५ असार २०८३,
0
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किस्पाङ (नुवाकोट), ५ असारः जिल्लाको किस्पाङ गाउँपालिकामा ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता थियो ।

‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालयका राधिका रैला प्रथम, ऐसेलु भूमे माध्यमिक विद्यालयका लक्ष्मी विक द्वितीय र ज्ञानज्योति माध्यमिक विद्यालयका पूजा तामाङ तृतीय भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख प्राडा सोमप्रसाद खतिवडा नेतृत्वको निर्णायक समितिले वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थी छनोट गरेको हो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार पुरस्कार प्रदान गरियो । दुई दिवसीय प्रतियोगिताको समापनका अवसरमा पुरस्कृत सबैलाई गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

स्थानीय सम्पदा र संस्कृति विषयक चित्रकला प्रतियोगितामा आधारधूत तहतर्फ पञ्चलिङ्गे माविका सरस्वती घले प्रथम, जल्जुखोला माविका मनिष घले द्वितीय र ज्ञानज्योति माविका सञ्जिता तामाङ तृतीय भएका हुन् । माध्यमिक तहतर्फ किस्पाङ बहुप्राविधिक विद्यालयका सम्झना गुरुङ, ऐसेलु भूमे माविका पाल्देन ग्याल्जोन घले द्वितीय र पञ्चलिङ्गे माविका धनुमाया तामाङ तृतीय भएसँगै विजयीले क्रमशः रु नौ हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

चित्रकला प्रतियोगिताको निर्णायकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति लालकाजी लामा रहनुभएको थियो । कार्यक्रमअन्तर्गत बुधबार समूहगत र एकल लोकनृत्य प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रममा गायक तथा सङ्गीतकार वैकुण्ठ महतका साथै विभिन्न प्रतिभाको प्रस्तुति रहेको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीले ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ लाई आगामी वर्षमा पनि निरन्तरता दिने जानकारी दिनुभयो ।

शिक्षालयमा रक्तदान

यसैबीच, मानवीय सेवाको भावना विकासका लागि किस्पाङ बहुप्राविधिक शिक्षालयको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, नुवाकोटको प्राविधिक सहयोग भएको कार्यक्रममा विद्यार्थी र अन्य गरी ४० जनाले सहभागिता जनाई ४० पाउण्ड रगत सङ्कलन गरिएको शिक्षालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले यस्तो कार्यक्रमबाट सामान्य चिकित्सा र स्वास्थ्य सहायक अध्ययनरत विद्यार्थीलाई व्यवहारिक सिकाइ पनि भएकाको बताउनुभयो । रक्तदाताहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

Previous Post

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

Next Post

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In