• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

metakhabar by metakhabar
३ असार २०८३,
0
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैदेशिक रोजगारीका नाममा भिजिट भिसाको दुरुपयोग गरी नेपाली श्रमिकलाई विभिन्न मुलुक पठाउने प्रवृत्ति अझै रोकिएको छैन। वैदेशिक रोजगारका लागि निर्धारित कानुनी प्रक्रिया पूरा नगरी भिजिट भिसामार्फत विदेश पठाइएका श्रमिकहरू रोजगारी, पारिश्रमिक र कानुनी सुरक्षाबाट वञ्चित हुने समस्या बढ्दै गएको गुनासो आएको छ। सरकारले वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता कायम गर्न फ्री भिसा र फ्री टिकटको व्यवस्था कार्यान्वयनमा ल्याएपछि केही बिचौलिया र दलाल समूहले वैकल्पिक बाटोका रूपमा भिजिट भिसाको प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ। यसरी विदेश पुगेका श्रमिकलाई पछि रोजगारी मिलाइदिने आश्वासन दिइए पनि धेरैजसो अवस्थामा उनीहरू समस्यामा पर्ने गरेका छन्।

यस्तै समस्यामा परेका एक नेपाली श्रमिक ९नाम परिवर्तनः रमेश थापा० ले आफूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ओमनको भिजिट भिसामा पठाइएको बताएका छन्। उनका अनुसार ओमन पुगेपछि कतारमा कामको व्यवस्था गरिदिने भन्दै अर्को प्रक्रियामार्फत पठाइए पनि हालसम्म स्थायी रोजगारी र पारिश्रमिक प्राप्त गर्न सकेका छैनन्। “सुरुमा राम्रो काम र तलबको आश्वासन दिइएको थियो। तर अहिले न काम छ, न त नियमित आम्दानी। समस्या राख्दा सहयोग गर्नुको सट्टा दबाब र धम्की दिने गरिएको छ,” उनले बताएका छन्।

वैदेशिक रोजगारसम्बन्धी जानकारहरूका अनुसार भिजिट भिसामा विदेश जानु कानुनी रूपमा निषेध नभए पनि त्यसलाई श्रम स्वीकृति छल्ने माध्यमका रूपमा प्रयोग गर्दा श्रमिक गम्भीर जोखिममा पर्न सक्छन्। श्रम स्वीकृतिबिना काम गर्दा उनीहरू सम्बन्धित मुलुकको श्रम कानुनअन्तर्गत प्राप्त हुने सुरक्षा तथा अधिकारबाट समेत वञ्चित हुन सक्छन्।

पीडितहरूको भनाइअनुसार कतिपय बिचौलियाले नेपालबाट भिजिट भिसामा पठाएर तेस्रो मुलुक हुँदै अर्को देशमा पुर्‍याउने र त्यसक्रममा ठूलो रकम असुल्ने गरेका छन्। विदेश पुगेपछि सम्झौताअनुसारको काम नपाउने, तलब रोक्का हुने तथा समस्या पर्दा उद्धार र कानुनी सहायता प्राप्त गर्न कठिन हुने अवस्था देखिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा छिटो रोजगारी खोजिरहेका युवाहरू यस्ता जालमा फस्ने जोखिम बढी रहेको बताइन्छ। उनीहरू वैदेशिक रोजगारीको आशामा कानुनी प्रक्रिया र सम्भावित जोखिमबारे पर्याप्त जानकारी नहुँदा थप समस्यामा पर्ने गरेका छन्।

पीडित तथा सरोकारवालाहरूले भिजिट भिसामार्फत हुने सम्भावित मानव तस्करी तथा श्रमिक शोषण रोक्न सम्बन्धित निकायले निगरानी र अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्। वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अध्यागमन विभागबीच समन्वय गरी यस्ता गतिविधिमाथि कडाइ गर्नुपर्ने उनीहरूको भनाइ छ।श्रमिकको सुरक्षा, अधिकार र वैदेशिक रोजगार क्षेत्रको विश्वसनीयता कायम राख्न भिजिट भिसाको दुरुपयोग नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौतीका रूपमा देखिएको छ।

Previous Post

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

Next Post

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

metakhabar

metakhabar

सम्बन्धित खबर

आज देशका अधिकांश भागमा बदली हुने
समाचार

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ अशोज २०८३,
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला
समाचार

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

३ अशोज २०८३,
बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा
समाचार

बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

३ अशोज २०८३,
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
समाचार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

३ अशोज २०८३,
संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल
समाचार

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

३ अशोज २०८३,
सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे
समाचार

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

३ अशोज २०८३,
Load More
Next Post
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In