• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

metakhabar by metakhabar
३ असार २०८३,
0
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी समुदायको पेसा सङ्कटमा परेको छ ।

माछाका लागि प्रख्यात सो नदीमा बाँध निर्माणपछि बनेको ‘जलासय’मा माछा कमी हुँदा माझी र डुङ्गा चलाउन नपाउँदा बोटे समुदायको पेसा सङ्कटमा परेको हो ।

बाउबाजेले गर्दै आएको पेसामा रमाउँदै आएका माझी समुदायका अनुसार जलासय बन्नुअघि कालीगण्डकी र आँधीखोलाको सङ्गम क्षेत्र आसपासमा माछा प्रशस्त पाइन्थ्यो । नदीमा जाल थापेपछि भोलिपल्ट बिहान जालभरि माछा पथ्र्यो । अहिले १४४ फिट उचाइको बाँध बनेसँगै तल्लो भागका माछा माथिल्लो क्षेत्रमा आउन रोकिएपछि माझी र बोटे समुदायको पेसा प्रभावित भएको हो ।

साँझ जलासयमा जाल थापेर बिहान निकाल्दा कहिलेकाहीँ एउटा पनि माछा नपर्ने अवस्था सृजना भएको भन्दै मिर्मीका दिलबहादुर बोटेले भने, “पहिला माछाले घर चल्थ्यो, अहिले जाल थाप्दा पनि खाली हात फर्किनु पर्दछ । यही बाध्यताले माछा मार्ने पेसा छाडेर कालीगण्डकी जलयात्राको ‘स्टिमर’ चालक बन्न बाध्य भएँ, त्यो पनि अहिले राम्रो चलेको छैन, अब के पो गर्नु ।”

उनका अनुसार मिर्मीदेखि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल हुँदै विश्वकै सबैभन्दा ठूलो ‘शिला’ मानिने सेतीबिनी क्षेत्रसम्म सञ्चालन हुने जलयात्रामा यात्रु घट्दै गएका छन् । कालीगण्डकी ‘करिडोर’ र आसपासका सडक विस्तार भएसँगै तीर्थयात्री तथा पर्यटकहरू जलमार्गको सट्टा सिधै सडकमार्गबाट गन्तव्यतर्फ पुग्न थालेपछि यसको प्रत्यक्ष असर स्टिमर व्यवसायमा परेको उनको भनाइ छ ।

विसं २०६२ देखि स्टिमर चालकको काम गर्दै आएका दिलबहादुर बोटे भन्नुहुन्छ, “पहिला जलयात्राको छुट्टै आकर्षण थियो, अहिले सडक पुगेपछि यात्रु नै पाउन मुस्किल छ, नदीमा माछा छैन, स्टिमरमा यात्रु पनि छैनन् । विदेश जान नपरे हुन्थ्यो भन्ने थियो, अब अरु केही पेसा व्यवसाय केही नभएपछि बाहिर जानुपर्ने बाध्यता आइलाग्यो । पेसा व्यवसायको अभावमा अहिले हाम्रो समुदाय अप्ठ्यारोमा परेको छ ।” उनले भने “अधिकांशको आफ्नै खेतीयोग्य जमिन छैन, नदी र माछा नै सबैको जीविकोपार्जनको आधार थियो । पछिल्लो समय परम्परागत पेसा सङ्कटमा परेपछि सो क्षेत्रका माछा मार्ने पेसामा आधारित सम्पूर्ण परिवारको भविष्य अन्योलपूर्ण बन्दै गएको छ ।”

अर्का चालक मोहन बोटेको कथा पनि उस्तै छ । एउटै स्टिमरमा दुई जना चालक खटिने भए पनि यात्रु अभावले कामको निरन्तरता र आम्दानी दुवैमा चुनौती थपिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराबाट कालीगण्डकी जलयात्रामा सहभागी पत्रकारहरूसँग उनले भने, “माझी समुदायको उत्थानका लागि राज्यले सोच्नु पर्दछ ।”

जलविद्युत् आयोजनाको मिर्मी बाँधबाट प्रभावित सो समुदायलाई विकल्पका रुपमा यस क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको भए पनि अहिलेसम्म जग्गाधनी पुर्जा पाउन नसकेको उनीहरूको गुनासो छ ।

कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय प्रेमबहादुर बोटेका अनुसार मत्स्य अनुसन्धान केन्द्र मिर्मीले वार्षिक तीन लाखभन्दा बढी माछाका भुरा जलासयमा छोड्दै आएको तर वर्षाको बाढीले सबै बगाएर लैजाँदा समस्या सृजना भएको हो । कालीगण्डकी गाउँपालिका–७ मा मात्र माछा मार्ने पेसामा आबद्ध माझी र बोटे समुदायका गरी ३८ घरपरिवार छन् ।

पालिकाले सो क्षेत्रमा प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिरहेको बताउँदै त्यसबाट माझी तथा बोट समुदायलाई राहत पुग्ने जनाएको छ । कालीगण्डकी जलयात्रा व्यवस्थापन समितिले हाल १५० देखि ९० जना यात्रु क्षमताका चारवटा स्टिमर सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा माझी तथा बोटे समुदायका अगुवाहरूले उक्त जलासयमा पर्यटक एवं तीर्थालु भक्तजनाका लागि डुङ्गा सयर गर्ने अनुमति दिए त्यसैमा रमाउँदै घरगाउँमै बसेर परिवार पाल्ने व्यवस्थाका लागि सरकारको ध्यानाकषर्ण गरेका छन् ।

Previous Post

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

Next Post

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In