• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

metakhabar by metakhabar
३१ जेष्ठ २०८३,
0
सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

कञ्चनपुरको महाकाली नदी माथि बनेको चार लेनको पक्की पुल । भीमदत्त नगरपालिका र दोधाँरा चाँदनी नगरपालिका जोडने ३२ वटा पिल्लरमा ठड्याइएको पुल घुम्नका लागि आन्तरिक पर्यटकको रोजाइमा समेत परेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको ४ लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा नेपाली सेना खटिएको छ ।

गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी भीमदत्त नगरपालिका क्षेत्रका तटीय बस्ती जोगाउन काम नेपाली सेनालाई दिएको थियो ।

शुक्रबारमात्रै पुल योजना र गत वर्ष बाढीले क्षति पुर्याएको गाइडबण्डको स्थलगत निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल त्यहाँ पुगेका थिए । लगत्तै सरकारले क्षति भएको गाइडबण्ड पुनर्निर्माण गर्न र आसन्न वर्षात्का हुनसक्ने सम्भावित क्षति कम गर्न पुनः शनिबारदेखि नेपाली सेना खटाएको हो ।

गाइडबण्ड क्षति भएको स्थलमा सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सैनिक जनशक्ति उक्त योजनामा परिचालन भएको छ । सो क्रममा नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीसहित सैनिक प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रको अवस्थाका बारेमा जानकारी लिनसमेत पुगिसकेको छ ।

बाहिनीले योजनास्थलमा तत्कालको क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन शनिबारदेखि काम थालिसकेको छ । त्यसका लागि सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न ठाउँबाट सेनाको टोली यहाँ आउने क्रम सुरु भइसकेको छ ।

गत वर्ष पनि सेनालाई दिइएको जिम्मेवारी पूरा गरेका कारण महाकाली नदीले गाइडबण्डमा क्षति धेरै गर्न पाएन । यस वर्ष पनि दिइएको जिम्मेवारीअनुरुप गाइडबण्डको संरक्षण र थप क्षति हुन नदिने गरी सेना खटिएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवले गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटरमा क्षति पुर्याएको बताए ।

पक्की पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ)को विषय किनारा नलागेपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको छ । पुल निर्माण व्यवसायी र सडक विभागबीचको मुद्दा अहिले मध्यस्त न्याधीकरणमा (आर्बिटे«सन) मा छलफलमा रहेको छ ।

Previous Post

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

Next Post

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

metakhabar

metakhabar

सम्बन्धित खबर

जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल
समाचार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

२ असार २०८३,
पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा
समाचार

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

२ असार २०८३,
प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह
फिचर-ब्यानर

प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

२ असार २०८३,
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
फिचर-ब्यानर

औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

२ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आर्थिक

गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२ असार २०८३,
Load More
Next Post
पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In