• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

metakhabar by metakhabar
३० जेष्ठ २०८३,
0
सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उनी रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित नाम छन् । पछिल्लो समय उहाँको सक्रियता गायनमा बढिरहेको छ ।

रङ्गकर्मी माँझ चर्चित भारतको दिल्लीमा रहेको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) बाट अभिनय सम्बन्धी शिक्षा लिएका अभिनेता मिश्रा आजभोलि अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग विभिन्न सहरमा गीत सुनाउन पुग्छन् ।

“अहिले म अभिनयको लागि पनि समय निकाल्न सकिरहेको छैन, किनकि म गीत सुनाउन भारतकै विभिन्न सहर पुग्ने गरेको छु । मलाई यसमा अनान्द आउँछ, किनकि म बलिउडका गीतहरू गाउँदिन, मैले गाउने गीत मैले नै तयार गरेका छन्, यी रङ्गमञ्चका गीतहरू हुन्”, अभिनेता मिश्राले भने ।

काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करणमा सहभागी हुन् नेपाल आएका उनले सफलता प्राप्त गर्न घर छाड्नु सक्नुपर्ने बताए । महोत्सव अन्तर्गत पहिलो दिन कार्यक्रममा सुनिएका अभिनेता मिश्राले सङ्घर्षले दिने सफलता दीघो हुनेमा जोड दिए ।

“तपाइँ केहि बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस, आफ्नो सहजता त्याग्नुस् र उदेश्य प्राप्तिका लागि हिँड्नुस, असम्भव केही छैन । तपाइँ एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उनले भने ।

जीवनको पहिलो २० वर्ष ग्वालियर, त्यसपछिको २० वर्ष दिल्ली र २३ वर्षदेखि मुम्बईमा बसोबास गरिरहेका अभिनेता मिश्राले आफूले चाहेको सबै काम गर्न पाएको बताए । ग्वालियर छाड्नका लागि ’एनएसएडी’ पुगेका अभिनेता मिश्राले रङगमञ्च हुँदै आफ्नो कामलाई साहित्य र चलचित्रसँग जोडे। बाल्यकालदेखि लेखनमा अद्भुत कला देखाउने अभिनेता मिश्राले आफू ‘गड गिफ्टेड ट्यालेन्ट’ रहेको सुनाए । आफ्नो मनले दिएको काम गर्दै सफलताको उच्चतम विन्दुमा पुग्न सफल भएका उनले सुरुआती समयमा बलिउडमा अभिनेता बन्ने अवसरलाई समेत त्यागे ।

“मलाई कुनै समय बलिउडमा अभिनेता बन्ने प्रस्ताव आएको थियो, मेरो तस्बिर हेरेर निर्माताले मन पराउनुभएको रहेछ । तर, त्यो समय म रङ्गमञ्चमा रमाई रहेको थिएँ, मैले के गर्नुपछ भन्नेमा स्पष्ट थिएँ । मलाई बारम्बार गएर निर्मातालाई भेट्न भनियो, तर म गइन् । म घमण्डी भएर होइन की म त्यो समयमा रङ्गमञ्च नै गर्न चाहन्थे । मैले आफ्नो कला यात्रामा जे जस्तो गरे, म खुसी छु”, उनले भने ।

नेपाल आउँदा उहाँलाई खुसी र आनन्द लाग्ने रहेछ । काठमाडौँको सुन्दरता, अत्याध्मिक पक्ष, वातावरण अभिनेता मिश्रालाई आकर्षित गर्ने तत्व हुन् । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा म यहाँ आफ्नो समूहसँग आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाईरहेको छु, यो मेरो मनले चाहेको काम हो”, उनले भने ।

अभिनेता मिश्राले आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा ?’ मा आफ्नो बाल्यकालका जटिल भोगाइ, रङ्गमञ्चप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस लगायत रहेको बताए ।

“मैले जीवनका पहिलो २० वर्ष ग्वालियरमा बिताएँ, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा । यो पुस्तकमा यी तीनै शहरसँग जोडिएका मेरा अनुभव, सङ्घर्ष र सम्झनाहरू समेटिएका छन् । यसले सङ्घर्षले दिलाउने सफलता बारे थोरै भएपनि बुझाउँछ”, उनले भने ।

उनले युवाहरूलाई आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गरे । महोत्सव जेठ २४ गते आइतबार बेलुकी सम्पन्न भईसकेको छ ।

Previous Post

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

Next Post

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
आवाज

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

५ असार २०८३,
हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
आर्थिक

हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

५ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

५ असार २०८३,
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In