• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किसानका पीडा बुझिदिने कसले ?

metakhabar by metakhabar
३० जेष्ठ २०८३,
0
किसानका पीडा बुझिदिने कसले ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला । नौगाड गाउँपालिका–२ दल्लेखको डाँडामाथि बिहानको घाम झुल्किन थालेसँगै तल खार बस्तीका कान्लामा बनेका पोलिहाउसहरू सेताम्य देखिन्छन् । कतै गोलभेँडा लटरम्म फलेका छन्, कतै आलुको हरियाली फैलिएको छ ।

किसानहरू बिहानैदेखि पानी हाल्ने, पोलिहाउस मिलाउने र बाली स्याहार्ने काममा व्यस्त छन् तर यही हरियालीभित्र किसानका अनगिन्ती पीडा लुकेका छन् । उत्पादन बढेको छ, मेहनत बढेको छ, तर बजार अझै अनिश्चित छ । सडक भरपर्दो छैन । मूल्य व्यापारीकै नियन्त्रणमा सीमित छ।

नौगाड गाउँपालिका–२ की सरस्वती डोबाल मन्यालले गत वर्ष यही याममा गोलभेँडा र आलु बिक्री गरेर रु सात लाख आम्दानी गरिन् । दल्लेखबाट सदरमुकाम खलङ्गासम्म पुगेर उनले आफ्नै खेतमा फलेको तरकारी बिक्री गरिन्।

तर आम्दानीसँगै सङ्घर्ष पनि उत्तिकै बढेको उनी बताउँछिन् । “एकैपटक आठ–दस क्रेट गोलभेँडा पाक्छ”, उनले भनिन्, “तर बजारमा लगेपछि एकै ठाउँमा बिक्री हुँदैन । व्यापारी खोज्दै हिँड्नुपर्छ । कहिलेकाहीँ त घरघर पुगेर बेच्नुपर्छ ।” पूरै दिनभर गोलभेँडा बेच्नैमा जाँदा फेरि घरमा पोलिहाउस रेखदेख गर्न समस्या हुन्छ । एक जनाले मात्रै पूरै तरकारी उत्पादन, सुरक्षादेखि बजार खोज्दै हिँड्न जाँदा निकै समस्या खेप्नुपरेको उनको भनाइ छ।

खार–खलङ्गा सडक वर्षायाममा प्रायः अवरुद्ध हुन्छ । सडक कालोपत्रे नभएकाले पानी पर्नेबित्तिकै पहिरो खस्ने, नाली नहुँदा बाढीले सडक बगाउने र खाल्टाखुल्टी बढ्ने समस्या छ । महाकाली नगरपालिका २ र ३ अन्तर्गत पर्ने यो सडकखण्ड ठाउँठाउँमा बिग्रिएको छ । पहिरो गएको ठाउँमा अझै पर्खाल बनेका छैनन् । डुङुरीलगायतका क्षेत्रमा अहिले पनि खोलामै गाडी गुडाउनुपर्ने बाध्यता छ ।

सडक अवरुद्ध हुँदा किसानले पिठ्युँमै तरकारी बोकेर तीन–चार घण्टा हिँडेर खलङ्गा पुग्नुपर्छ । “पानी पर्नेबित्तिकै सडक बन्द हुन्छ”, सरस्वतीले भनिन्, “पाकेको गोलभेँडा खेतमै सड्छ । लगानी डुब्छ ।” तरकारीखेती नै उहाँको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । छोरा मिलन मन्याल र छोरी सोनिया मन्यालको पढाइ खर्च यही खेतीले धानेको छ । “बच्चालाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सपना छ”, उनी भावुक हुँदै भन्छिन्, “तर बजार र मूल्य नपाउँदा कहिलेकाहीँ निकै निरास हुन्छु ।” श्रीमान् माधव मन्याल रोजगारीको खोजीमा काठमाडौँ गएका छन् । घरको आर्थिक जिम्मेवारी अहिले खेतीमै टिकेको छ।

यो वर्ष परेको असिनाले पोलिहाउसमा ठूलो क्षति पुर्‍याएको सम्झिँदा सरस्वती अझै भावुक बन्नुहुन्छ । केही मिनेटमै मेहनतले हुर्काएका बोटहरू नष्ट हुँदा आफू खेतमै रोएको उहाँ सुनाउनुहुन्छ । खारकै अर्का किसान नारा मन्यालको पीडा पनि उस्तै छ।

मेहनत गरेर उत्पादन गरिएको अर्गानिक गोलभेँडा कहिलेकाहीँ प्रतिकिलो ५० रुपैयाँमा पनि बिक्री हुँदैन । “गत वर्ष ५० देखि ८० रुपैयाँसम्म बिक्री भयो”, उनी भन्छिन्, “तर नियमित बजार पाउँदैनौँ । गाउँभरि एकैपटक गोलभेँडा पाक्दा व्यापारीले मूल्य घटाइदिन्छन् ।”

खलङ्गा जिल्लाकै मुख्य बजार भए पनि व्यापारीले किसानको उत्पादन एकमुष्ट खरिद गर्दैनन् । किसान आफैँ व्यापारी खोज्दै हिँड्न बाध्य छन् । अहिले भारतीय तरकारी आउन कम भएपछि व्यापारीको फोन आउन थालेको किसानहरू बताउँछन् । हामीलाई तरकारी तौल गर्न पनि आउँदैनन् । बजारमा महिलाहरू बढी जाने भएकाले उनीहरू ठगिने समस्या पनि झेलिरहेका छन् । “केजी तौलमै धेरैपटक ठगियौँ”, किसान सरस्वती मन्याल सुनाउँछिन्, “एकपटक त प्रशासन गुहार्नुपरेको थियो ।” उनका अनुसार किसानले एउटै केन्द्रबाट बिक्री गर्ने व्यवस्था भए बजार व्यवस्थापन सहज हुने थियो।

डाँडाबाग कृषि समूहका अध्यक्ष धनसिंह सितोलीका अनुसार समूहले मात्रै प्रत्येक वर्ष ५० देखि ६० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्छ । आलुको उत्पादन पनि उल्लेख्य छ । “हाम्रो मुख्य समस्या बजार र सडक हो”, उनले भने, “उत्पादन भइरहेको छ, तर किसानले उचित मूल्य पाउँदैनन् ।”

उनका अनुसार जलवायु परिवर्तनले तरकारीखेतीलाई समस्या सिर्जना गरेको छ । असिना, अत्यधिक वर्षा, हावाहुरी र नयाँ रोगव्याधिका कारण तरकारी उत्पादनमा ह्रास देखिने गरेको छ । “यो वर्ष बेर्नादेखि नै समस्या देखियो”, उनले भने, “पाक्ने बेलामा पनि रोग लागेको छ । धेरैपटक बीउ परिवर्तन गर्‍याैँ, खासै सुधार भएन ।” रेखदेख औषधि गरेकै छौँ । समय समयमा बेर्ना परिवर्तन गरिएको छ । कहिले रोगले सताउँछ, कहिले मौसमले, उनले दुःखेसो सुनाए।

खार क्षेत्रमा कोल्ड स्टोर नहुँदा किसानले उत्पादन लामो समयसम्म जोगाएर राख्न सक्दैनन् । सबै किसानले एकैपटक बजारमा तरकारी ल्याउँदा मूल्य झन घट्ने गरेको छ । किसानका अनुसार यहाँ उत्पादन हुने तरकारी पूर्णरूपमा जैविक र विषादीरहित छ । एउटा बोटमै पाँचदेखि १० किलोसम्म गोलभेँडा फल्ने गरेको उनीहरू बताउँछन् । सामान्य किसानले सिजनमा पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । डाँडाबाग कृषि समूहमा २५ भन्दा बढी परिवार आबद्ध छन्।

तरकारी पकेट क्षेत्र बन्दै खार

नौगाड गाउँपालिकाले खार क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । यहाँ अधिकांश घरमा पाँचदेखि सात वटासम्म पोलिहाउस छन् । किसानले परम्परागत खेती छोड्दै तरकारी मात्रै लगाउन थालेका छन्।

नौगाड गाउँपालिका कृषि शाखा प्रमुख प्रकाशसिंह धामीका अनुसार हाल वडा नम्बर २ मा मात्रै १५० भन्दा बढी पोलिहाउसमा व्यावसायिक तरकारी उत्पादन भइरहेको छ। “आगामी आवमा एक किसानलाई १० वटासम्म पोलिहाउस विस्तार गर्ने योजना छ”, उनले भने।

गाउँपालिकाले सिँचाइ, बीउ, औषधि तथा क्षतिपूर्तिसम्बन्धी कार्यक्रम आगामी बजेटमार्फत ल्याउने जनाएको छ । रोग व्यवस्थापनका लागि कृषि प्राविधिक परिचालन गरिएको छ । योपटक थोरै किसानको तरकारीमा समस्या देखिएको छ । रोग लाग्न नदिन एकीकृत शत्रु व्यवस्थापन गरिएको धामीले बताए।

यो पूरै वडा तरकारी पकेट क्षेत्र हो । २५ देखि ३० परिवारलाई एउटा समूहमा राखेर तरकारी लगाउनेदेखि लिएर बीउ विजन बजारीकरणसम्मको तालिम कृषक पाठशालामार्फत भइरहेको छ । यहाँका केही वडालाई आलुपकेट क्षेत्र घोषणा गरिएको छ । सडक सञ्जालले पनि गाउँपालिका जोड्दै गरेको अवस्थामा किसानलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउने योजना गाउँपालिकाको रहेको धामीको भनाइ छ ।

किसानको बारीमै पुगे सीडीओ

नौगाड–२ दल्लेखका किसानका समस्या बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल स्वयं किसानको बारीमै पुगे । उनीसँग कृषि तथा भेटेरिनरी कार्यालयका प्रमुख, प्राविधिक टोली तथा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपलगायत सहभागी थिए ।

“किसानको समस्या सुन्ने र समाधान के गर्न सकिन्छ भनेर जिल्लास्तरीय अनुगमन समिति बनाएर दल्लेख पुगेका हौं,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “हामीले बोल्ने भन्दा पनि किसानको वास्तविक समस्या के छन्, त्यो पहिचान गरेर समस्या समाधानको लागि प्रयास गर्ने हो ।”

किसानहरूले सडक, बजार, सिँचाइ, बीउ र औषधि व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेका छन् । “कालोपत्रे सडक भइदिएको भए आधा घण्टामै खलङ्गा पुग्थ्यौँ”, समूहका अध्यक्ष धनसिंह सितोली भन्छन्, “बजारले चाहेको बेला अर्गानिक तरकारी पुर्‍याउन सक्थ्यौँ ।” अर्का किसान सरस्वती मन्याल तरकारी ढुवानीमा अनुदान दिनुपर्ने माग गर्छिन् । उनले भनिन्, “दल्लेखबाट खलङ्गासम्म एक क्रेट गोलभेंडाको गाडी भाडा एक सय रुपैयाँ लिन्छन् ।

मानिससँगै गए थप चार सय रुपैयाँ भाडा हुन्छ । सरकारले नै ढुवानी बिक्रीको व्यवस्थापन गरिदिए हामीहरुले पनि मेहनतअनुसारको मूल्य गाउँमै पाउँथ्यौँ ।” प्रमुख जिल्ला अधिकारी पौडेलले सडक नियमित सञ्चालनका लागि पहल भइरहेको बताए । सम्बन्धित निकायलाई नियमित सडक सञ्चालनको लागि प्रयास भइरहेको छ ।

भारतीय तरकारीमा रोक, स्थानीय किसानमा आशा

नेपाल सरकारले भारतबाट आयात हुने कृषिउपजमा रोक लगाएपछि स्थानीय किसानमा आशा पलाएको छ । सीमावर्ती जिल्ला दार्चुलाको बजार लामो समयदेखि भारतीय आलु, प्याज र गोलभेँडामा निर्भर थियो । अहिले भने स्थानीय उत्पादनले बजार पाउन थालेको किसानहरूको भनाइ छ।

सरकारले जेठ २१ गतेबाट भारतबाट आयात हुने कृषिजन्य उपहरुको आयात व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै आयातमा रोक लगाएको छ ।

“कोरोनाको समयमा पनि हामीले उत्पादन गरेर बजार धानेका थियौँ”, डाँडाबाग कृषि समूहका अध्यक्ष धनसिंह सितोलीले भने, “सरकारले खरिद सुनिश्चित गरिदियो भने भारतीय तरकारीको विकल्प हामी बन्न सक्छौँ ।”

यहाँ उत्पादन गरेका आलु, टमाटार बजारको लागि पर्याप्त हुन्छ । दार्चुलाको श्रीवगड, कोटकौतली, मुल्ला मैखाली, दत्तुको थाप्लालगायतमा किसानहरुले व्यावसायिक रुपमा तरकारीखेती गर्ने गरेका छन् । यसअघि किसानले नेपालमा बजार नपाउँदा भारतीय बजार लगेर आफ्नो उत्पादन विक्री गर्दै आएका थिए।

Previous Post

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

Next Post

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

metakhabar

metakhabar

सम्बन्धित खबर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाचार

बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

३१ साउन २०८३,
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
Load More
Next Post
८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In