• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेका उनले जानकारी दिएका छन् ।

‘सुरुङमार्ग सञ्चालनका लागि तयारीको सबै काम भइरहेका छन् । हामी सकेसम्म साउनभित्रै आयोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ’, आयोजना प्रमुख नेपालले भने । सुरुङमार्गभित्र उद्धार प्रयोजनका लागि केकस्ता काम गर्ने, आपतकालिन अवस्थामा के गर्ने तथा ‘लाइट’ एवं ‘भेन्टिलेसन’ को अवस्था केकस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उनले बताए ।

चौबिसै घण्टा सुरुङ सञ्चालनमा लागि १५० जना कर्मचारी भर्ना गरिएको छ । ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आजको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कूल भौतिक प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत रहेको जानकारी दिएका छन् ।

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन-एआरटी जेभीबीच यसअघि औपचारिक सम्झौता भइसकेको छ । सेवा प्रदायक कम्पनीले आगामी पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको हो । सुरुङमार्गको सञ्चालन र मर्मतसम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीको नियमित रेखदेख र मर्मत गर्नुपर्नेछ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि लामो र घुमारो बाटोबाट थोरै भए पनि यात्रु तथा मालवहाक सवारीसाधनले मुक्ति पाउनेछन् । सो आयोजनाको मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर रहेको आयोजना कार्यालयले जनाएको छ । आपत्कालीन सुरुङको लम्बाई दुई हजार ५५७ मिटर रहेको आयोजना प्रमुख नेपालले जानकारी दिएका छन् । उनका अनुसार दैनिक आठ हजार सवारीसाधन सुरुङमार्ग भएर आवतजावत गर्ने अनुमान गरिएको छ ।

दैनिक आठ हजार सवारीसाधन सुरुङमार्ग भएर आवतजावत गरेमा वार्षिक रु ३५ करोड बराबरको टोल शुल्क उठ्नेछ । वार्षिक रु २२ करोड रकम सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्नेछ । त्यो भनेको पाँच वर्षका लागि रु एक अर्ब १० करोड बराबर हो ।

शुल्क उठाउनका लागि विशेष प्राविधिक उपकरण जडान गरिएको छ । सो रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । सेवा प्रदायकलाई भने सरकारले उपलब्ध गराउने छ ।

समितिको आजको बैठकमा सांसदहरू गोपाल बस्नेत, मदनकुमारी शाह (गरिमा), रञ्जित कर्ण, चन्द्रबहादुर केसी, पदम परियार, युवराज शर्मा, मीनासिंह रखाल, रुक्मिणी कोइराला, सुनिल थापा, गोमादेवी तिमिल्सिना, सोमनाथ पोर्तेल, नरबहादुर विष्टले सुरुङमार्गको समग्र अवस्थाका बारेमा चासो राख्दै सञ्चालनमा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका थिए ।

उनीहरुले समितिकोतर्फबाट सरकारलाई निर्देशन दिनुपर्ने भए आफूहरू तयार रहेको उल्लेख गर्दै निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा ढिलाइ नगर्न सुझाव दिएका थिए ।

सुरुङमार्ग निर्माणका क्रममा सिकेको सीप अन्य आयोजनामा पनि प्रयोग गर्नेगरी आवश्यक तयारी गर्न, दक्ष तथा अर्धदक्ष श्रमिकलाई उनीहरूको सीप र क्षमताको कदर गर्नसमेत सांसदहरूले माग गरेका छन् । कोभिड-१९, प्राकृतिक विपद्लगायत कारणले सुरुङमार्ग निर्माणमा केही ढिलाइ भए पनि निर्माण सम्पन्न भइसकेकाले यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

Previous Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Next Post

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

metakhabar

metakhabar

सम्बन्धित खबर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा
फिचर-ब्यानर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

१० साउन २०८३,
ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य
फिचर-ब्यानर

ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

१० साउन २०८३,
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
फिचर-ब्यानर

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

१० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

१० साउन २०८३,
नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
फिचर-ब्यानर

नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

९ साउन २०८३,
Load More
Next Post
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In