• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

    साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै आयो ।

तर चौथो साता सुरु भएसँगै प्रत्येक रात केहीबेर सघन वर्षा भएपछि दिनभरिको चर्को गर्मीले सर्वसाधारण बताउँछन् । “गर्मी त खपीनसक्नु बढेको छ, तर गत शुक्रबारयता प्रत्येक रात वर्षा हुँदै आएको छ, यसले निकै राहत मिलेको छ”, गौशाला–१ रामनगरका ६५ वर्षीय गणेश महतो भन्छन्, “निरन्तरको वर्षाले बालीनालीलाई निकै राहत मिलेको छ ।”

शुक्रबारयता रातिको वर्षाले खेतबारीमा प्रशस्त चिस्यान भएपछि यहाँका किसान धमाधम धानको ब्याड राख्न थालेका छन् । “वर्षा दिनहुँ भए पनि हिले ब्याड भने राख्न पाइएको छैन, तर माटोमा प्रशस्त चिस्यान भएको हुँदा धुले ब्याड राख्यौँ”, बर्दिबास–६ कृष्णपुरका ६० वर्षीय किसान रघु काफ्ले भन्छन्, “दिनभरि अचाक्ली गर्मी भए पनि प्रत्येक रातको वर्षाले खेतीपातीलाई सजिलो बनाएको हुँदा राहत मिलेको छ । किसानले यही वर्षाबीच धानसँगै कोदोको ब्याड पनि धमाधम राख्दैछन् ।”

यसैगरी उखु, मकै र तरकारीबालीलाई पछिल्लो वर्षा अमृत भएको किसान बताउँछन् । पानी नपरी हिउँद बित्दा पानीका स्रोतका मुहान चाँडै सुक्दा बालीनाली लगाउन नपाइने चिन्तामा थिए । त्यसमा पनि जारी जेठको तेस्रो साता सुरु भएसँगै दिनभरि ३८/३९ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहने गरेको छ ।

जेठ तेस्रो साताको अन्त्यतिर त गर्मीले गर्दा जिल्लाका स्थानीयतहले धमाधम विद्यालय बन्दको घोषणा गर्ने लहर नै चल्यो । तर चौथो साता लागेपछि प्रत्येक रात पर्ने पानीले मौसममा केही सुधार ल्याएसँगै बन्द गरिएका विद्यालय सोमबारदेखि सञ्चालन हुन थालेका बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रमण निरौलाले जानकारी दिए।

पछिल्लो पटक दिनहुँजसो राति केहीबेर पानी पर्दै आएपछि यहाँका सर्वसाधारणमा पानीका स्रोतका मुहान अब चाँडै रसाउने आश पलाएको छ । “दिनहुँजसो पानी पर्दैछ, अब इनार, चापाकल र नदी, खोल्साखोल्सी र नदीका मुहानमा पानी रसाउने आस बढेको छ”, भङ्गाहा–४ रामनगरका किसान कुशेश्वर यादव भन्छन्, “मुहान चाँडै रसाइदिए खानेपानीको समस्या नपर्ने र खेतीपातीलाई आवश्यक सिँचाइ गर्न पाइने विश्वास बढेको छ ।”

Previous Post

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

Next Post

‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

metakhabar

metakhabar

सम्बन्धित खबर

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
कृषि

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

२६ जेष्ठ २०८३,
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
आवाज

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

२६ जेष्ठ २०८३,
रास्वपाको प्रदेश अधिवेशन आजदेखि
समाचार

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

२६ जेष्ठ २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२६ जेष्ठ २०८३,
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
फिचर-ब्यानर

साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

२६ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२६ जेष्ठ २०८३,
Load More
Next Post
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In