• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्शक भेट्दै कलाकार

    दर्शक भेट्दै कलाकार

    चक्रपथ निर्माण अन्तिम चरणमा

    कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

    सीको उत्तर कोरिया भ्रमण

    सीको उत्तर कोरिया भ्रमण

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्शक भेट्दै कलाकार

    दर्शक भेट्दै कलाकार

    चक्रपथ निर्माण अन्तिम चरणमा

    कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

    सीको उत्तर कोरिया भ्रमण

    सीको उत्तर कोरिया भ्रमण

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), २२ जेठः धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ । उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । यसले धरानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याएको छ ।

धनकुटाको छथर जोरपाटीबाट परिवारसहित धरान घुम्न आउनुभएकी रमिला राई ज्येष्ठ नागरिक उद्यान पुग्नुभयो । अवलोकनपछि उहाँले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधासम्पन्न उद्यान निर्माण हुनु खुसीको विषय भएको बताउनुभयो । “हामीजस्ता बूढाबूढीका लागि यस्तो उद्यान बनेकामा धेरै खुसी लागेको छ । हिँड्न सजिलो, बस्न मिल्ने र शान्त वातावरण भएकाले यहाँ समय बिताउन निकै रमाइलो लाग्यो”, उहाँले भन्नुभयो, “पहिले झाडीले ढाकिएको घना जङ्गल रहेको स्थानमा अहिले सुन्दर उद्यान निर्माण भएको देख्दा निकै खुसी लागेको छ ।”

उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका आकर्षक साना घर निर्माण गरिएका छन् । ग्रामीण परिवेश झल्काउने यी संरचनाले उद्यानको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । साथै उद्यानभित्र आकर्षक पोखरीसमेत निर्माण गरिएको छ । पोखरीले उद्यानको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ ।

निर्माण समितिका भूपू सैनिक इन्जिनियर दीपेन्द्र राईका अनुसार उद्यानको आन्तरिक आर्किटेक्चरल तथा संरचनागत डिजाइन थ्रीडी मोडलिङका आधारमा तयार गरिएको हो । सैनिक जीवनमा हासिल गरेको अनुभवलाई यस परियोजनामा उपयोग गरिएको उहाँले बताउनुभयो ।

श्रमदान र दाताको सहयोगमा निर्माण भइरहेको उद्यानमा प्राप्त सुझावअनुसार संरचनामा आवश्यक परिमार्जन गर्दै अन्तिम रूप दिइँदै लगिएको उहाँको भनाइ छ । उद्यान विशेषगरी ज्येष्ठ नागरिकको शारीरिक अवस्था र सहजतालाई ध्यानमा राखेर बनाइँदै छ । बस्नका लागि चौतारा, विश्रामस्थल तथा छोटो दूरीमै आराम गर्न सकिने संरचना निर्माण गरिएका छन् ।

त्यसैगरी, हिँडडुलमा सहजता हुनेगरी अपाङ्गतामैत्री पैदलमार्ग निर्माण गरिएको छ । ह्वीलचेयर प्रयोगकर्ताका लागि पनि अनुकूल संरचना तयार पारिएको छ । उद्यानभित्र एकतर्फी प्रवेश र अर्कोतर्फ सहज निकास हुने आवागमन प्रणालीसमेत समावेश गरिएको इन्जिनियर राईले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै हल्का शारीरिक अभ्यास तथा मनोरञ्जनका सामग्री राखिने व्यवस्था गरिएको छ । प्राथमिक उपचारका लागि मेडिकल कक्ष निर्माण गरिएको छ भने विश्रामका लागि आरामघर निर्माणाधीन अवस्थामा छन् । केही संरचनाको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको काम क्रमशः सम्पन्न गर्दै लगिने उहाँले बताउनुभयो ।

दाताहरूको सहयोगमा निर्माण गरिएका साना घरमा विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान झल्काउने सिलाम साक्मादेखि चिन्दोसम्मका सांस्कृतिक सामग्री तथा प्रतीकहरू राखिएका छन् । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना तथा सांस्कृतिक सामग्रीको समायोजनले निर्माणाधीन उद्यानलाई धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।

ज्येष्ठ नागरिक उद्यान नजिकै श्रम संस्कृति उद्यान निर्माण गरिएको छ । सोही क्षेत्रभित्र एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबी रोज गार्डेन, झाँक्री दह, श्रमदान चौतारी, आरा धरान तथा मौनता क्षेत्र (ग्रीन बुद्ध) निर्माण भइसकेका छन् । साथै सिङ्गापुर पुलिस, ब्रिटिस आर्मी र भारतीय सेनाका भूपू सैनिकहरूले गोर्खा चौतारी निर्माण गरेका छन् ।

श्रमबाट प्रेरित कलाकृति तथा श्रमको झल्को दर्शाउने संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । अहिले दैनिक रूपमा हजारौँ पर्यटक ज्येष्ठ नागरिक उद्यान तथा आसपासका उद्यान अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी दिनेश मगरले बताउनुभयो । यस क्षेत्रमा दर्जनौँ आकर्षक उद्यान निर्माण गरिएका छन् । पहिला आवागमन शून्य जस्तै रहेको यस ठाउँमा अहिले दैनिक सयौँ पर्यटक घुम्न आउँछन् ।

Previous Post

विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

Next Post

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

metakhabar

metakhabar

सम्बन्धित खबर

दर्शक भेट्दै कलाकार
मनोरञ्जन

दर्शक भेट्दै कलाकार

२२ जेष्ठ २०८३,
चक्रपथ निर्माण अन्तिम चरणमा
आर्थिक

कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

२२ जेष्ठ २०८३,
सीको उत्तर कोरिया भ्रमण
अन्तर्राष्ट्रिय

सीको उत्तर कोरिया भ्रमण

२२ जेष्ठ २०८३,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

२२ जेष्ठ २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
फिचर-ब्यानर

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

२२ जेष्ठ २०८३,
सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी
फिचर-ब्यानर

सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

२२ जेष्ठ २०८३,
Load More
Next Post
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In