• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

metakhabar by metakhabar
१७ जेष्ठ २०८३,
0
खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ । सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन् ।

साल्पा-सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइराख्न, जैविक विविधताको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धन गर्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष सङ्गीता नाछिरिङ राईले जानकारी दिनुभयो ।

“डढेलोका कारण साल्पा–सिलिचुङ वरपरका मुन्दुमी वनस्पती नास हुँदै गएका छन् । यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न तथा प्राकृतिक सम्पदाको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो”, उहाँले भन्नुभयो, “यही जेठ १० गतेदेखि सुरु गरिएको वृक्षरोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । वृक्षरोपणले साल्पा पोखरीको पानी सुक्न नदिन र सौन्दर्यकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

केन्द्रको अन्तरराष्ट्रिय समितिका आर्थिक सहसंयोजक जलवती राईको नेतृत्वमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता थियो । वृक्षरोपणमार्फत किरात ऐतिहासिकस्थल साल्पा पोखरीको मुहानलाई संरक्षण गर्दै साल्पा-सिलिचुङलाई हरियाली र सुन्दर बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा पर्ने मुन्दुमीस्थल साल्पा पोखरी र सिलिचुङलाई संरक्षण र सम्वद्र्धनका लागि विभिन्न संरचना पनि निर्माण भइरहेका छन् । पछिल्लो समय धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको साल्पा-सिलिचुङ क्षेत्रमा साल्पा-सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तरराष्ट्रिय समितिले किराती पुर्खा ‘सुम्निमा-पारुहाङ र नछुङ (धामी)’को प्रतिमा स्थापना गरेको हो ।

साल्पा–सिलिचुङ क्षेत्रमा स्थापना गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा देश तथा विदेशमा रहेका किराती तथा गैरकिरातीबाट आर्थिक सहयोग सङ्कलन गरिएको रकमबाट निर्माण गरिएको आयोजकले जनाएको छ । औपचारिक कार्यक्रमसहित गत वर्ष स्थापना गरिएको सुम्निमा-पारुहाङ र नछुङको प्रतिमा सरकारका पूर्वमन्त्री सुदन किरातीले अनावरण गर्नुभएको हो ।

साल्पा-सिलिचुङ किरातीको मुन्दुमीस्थल तथा किरात धार्मिक, सांस्कृतिकस्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न सुम्निमा-पारुहाङ तथा नछुङको प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताउनुभयो । उहाँले भन्नुभयो, “किराती मुन्दुम अनुसार साल्पा-सिलिचुङ किरातीको सृष्टि र मुन्दुमको उत्पत्तिको केन्द्र भएको जनविश्वास छ । यसले किरातीलाई सांस्कृतिक रूपले एकतामा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

साल्पा-सिलिचुङको चौतर्फी विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको समितिले जनाएको छ । समितिले तयार पारेको डिपिआरअनुसार साल्पा–सिलिचुङ परिसरमा सुम्निमा-पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, बाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङखिम तथा मुन्दुम सङ्ग्रहालयलगायतका भौतिक संरचना निर्माण गरिनेछ ।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर छरिरहेका नेपाली जोडिएका समितिका अध्यक्ष खिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार बृहत् योनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहनुभएका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको छ ।

साल्पा–सिलिचुङको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो । धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाललगायत हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती बस्तीहरु प्रष्ट देख्न सकिन्छ ।

साल्पा पोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुन्द्री सतहबाट चार हजार १५५ मिटर अग्लो रहेको छ । सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गालगायतका डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रुपमा स्थापित छ ।

टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने, मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ । किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन् ।

साल्पा पोखरीमा हरेक वर्ष चार पटक (वैैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा) मेला लाग्दछ । बिना मुहान तथा बिना निकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् ।

साल्पा पोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्नेलगायत धार्मिक जनविश्वास रहिआएका छन् । कचौरा आकारमा फैलिएको साल्पा पोखरी समुद्री सतहबाट तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यही क्षेत्र (साल्पा-सिलिचुङ)सम्म विस्तार गरिएको छ । मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहले आआफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन् । प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवम् पर्यटकीयस्थल साल्पा-सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)समेत विस्तार हुन थालेका छन् ।

Previous Post

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

Next Post

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

११ साउन २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

११ साउन २०८३,
कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड
समाचार

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

११ साउन २०८३,
हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप
समाचार

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

११ साउन २०८३,
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
समाचार

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

११ साउन २०८३,
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
समाचार

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

११ साउन २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In