• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

metakhabar by metakhabar
१६ जेष्ठ २०८३,
0
एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ । गत जेठ ४ गते शुरु भएर १० गते सकिएको सचिवालय बैठकको निर्णयसहित अपानि सार्वजनिक गरिएको हो ।

उक्त अपानिअनुसार एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ ।

सरकार स्वेच्छाचारी
एमालेले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ।

पार्टीले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा स्वतन्त्र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ ।

एमालेले सरकार गठन भएदेखि संसद् कमजोर पार्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने तथा सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएको छ।

पार्टीले सरकारका यस्ता गतिविधिविरुद्ध सदन र सडक दुवै ठाउँबाट विरोध अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

उता एमालेले निर्वाचनमा बेहोरेको पराजयको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामलाई गम्भीर रूपमा समीक्षा गरिएको बताउँदै वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पार्टीलाई पुनः सुदृढ बनाउन कार्यदल गठन गरिएको जानकारी दिएका छन्।

एमालेले पार्टीभित्र एकता, अनुशासन र संगठनात्मक सक्रियता बढाएर पुनर्जागरण र पुनरुत्थान सम्भव रहेको निष्कर्ष निकालेको छ।

यस्तै, एमालेले ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता निर्धारण गरेको छ। निर्धारित वरीयताअनुसार अध्यक्षमा केपी शर्मा ओली, पहिलो उपाध्यक्षमा रामबहादुर थापा, दोस्रो उपाध्यक्षमा विष्णु पौडेल, तेस्रो उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, चौथो उपाध्यक्षमा गोकरण विष्ट र पाँचौँ उपाध्यक्षमा रघुजी पन्त रहेका छन्।

महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ रहेका छन्।

एमालेले संगठन सुदृढीकरणका लागि देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा जिम्मेवारी तोकिने भएको छ।

पार्टीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउने जनाएको छ ।

अभियानका लागि केन्द्रीय नेताहरूलाई विभिन्न जिल्ला र क्षेत्रको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ।

अर्कोतिर एमालेले संगठित सदस्यता नवीकरणको काम जेठ मसान्तभित्र सम्पन्न गर्न मातहत कमिटीहरूलाई निर्देशन दिएको छ।

पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको व्यवस्था मिलाएको जनाएको छ।

पार्टी नीति र विधानप्रति प्रतिबद्ध सदस्यहरूको मात्र नवीकरण गरिने एमालेले स्पष्ट पारेको छ। पेशागत क्षेत्रका सदस्यका लागि विशेष व्यवस्था गरिएको पनि अपानिमा उल्लेख छ।

Previous Post

गर्मी बढेसँगै मोहीको माग बढ्दो

Next Post

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

metakhabar

metakhabar

सम्बन्धित खबर

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
आवाज

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

२५ अशोज २०८३,
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
जीवन शैली

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
आर्थिक

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
Load More
Next Post
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In