यस बर्षको मनसुन अगावै पोखराका बिभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान २ वजेतिर पोखरा महानगरपालिका ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आँगन र घरको भाग भासिएको हो।
जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा खानेपानी वितरणका लागि बिछ्याइको पाइप समेत फुटेको छ ।
यसअघि पनि पटक पटक जमिन भासिदै आएको हुँदा स्थानीय चिन्तित बनेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले त्यस क्षेत्रमा थप क्षति हुन सक्ने जनाएको छ ।
तसर्थ आवश्यकता अनुसार प्राबिधिकसँग सल्लाह गरी सो क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।













