• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’

metakhabar by metakhabar
१५ जेष्ठ २०८३,
0
मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, १५ जेठः कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी समन्वय बैठक’मा नेपालसहित कर्णालीको मानसिक स्वास्थ्य अवस्थाको तथ्याङ्क सार्वजनिक गरिएको हो । बैठकमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

कर्णालीमा पनि मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी ‘चिन्ता र उदासिनता’ देखिएको तथा त्यो नेपालकै तथ्याङ्कसरह रहेको उहाँले बताउनुभयो । उहाँले कर्णालीमा यो समस्या व्यापक बन्दै गएको भन्दै आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ६८५, आव २०८०÷८१ मा १४ हजार १८१, आव २०८१÷८२ मा १५ हजार १२० र २०८२÷८३ मा नौ हजार ३१९ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको अन्तसम्म यो सङ्ख्यामा वृद्धि हुने देखिन्छ ।

तथ्याङ्कअनुसार आव २०८१÷८२ आत्महत्या प्रयास गर्नेको सङ्ख्या २०३, एक हजार ४६२ जनामा कन्भर्जन, सात हजार ४८९ जनामा उदासिनता र १५ हजार ४५० चिन्ता रोग देखिएको छ । कर्णालीमा ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, सिएमसी नेपालका प्राविधिक निर्देशक तथा मनोवैज्ञानिक डा पशुपति महतले मानसिक स्वास्थ्य समस्याका क्षेत्रमा देशका चार प्रदेश, ५४ जिल्लाका २१५ पालिकामा काम गर्दै आएको बताउनुभयो । डोल्पा र हुम्लाबाहेक कर्णालीका आठ जिल्लाका ३३ पालिकामा आफ्नो कार्यक्षेत्र रहेको बताउँदै उहाँले बालबालिका तथा किशोरीसहित मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि संरक्षणात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश नेपालको सातै प्रदेशमध्ये मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग रणनीति निर्माण गर्ने पहिलो प्रदेश भएको बताउनुभयो । कर्णालीका आठ जिल्लाका २७ पालिकास्तरमा पनि मानसिक स्वास्थ्य नीति तथा रणनीति बनेको जनाउँदै प्रदेश सरकारको रणनीति कार्यान्वयनमा सरकार प्रतिबद्ध भएको लागेको बताउनुभयो ।

मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले विशेष जनशक्ति खाली नहुनेगरी प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने बताउनुभयो । उपलब्ध जनशक्तिको परिचालन कसरी गर्ने भन्नेमा पनि मन्त्रालय गम्भीर रुपले अगाडि बढेको सचिव श्रेष्ठले बताउनुभयो । उक्त बैठकमा स्वास्थ्य सेवा महाशाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाही, कर्णाली प्रदेश अस्पतालमा मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीलगायतले मानसिक स्वास्थ्य समस्या समाधानमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभएको थियो ।

Previous Post

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल

Next Post

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In