• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

metakhabar by metakhabar
१३ जेष्ठ २०८३,
0
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर (कैलाली),  कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो ।

आज पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ । “गर्मी बढेपछि विद्यालयमा बिहानको प्रार्थना बन्द गरिएको छ,” उहाँ भन्नुहुन्छ, “एउटै कक्षामा सयौँ विद्यार्थी छन् । गर्मीले दैनिक रूपमा विद्यार्थी बिरामी हुन थालेपछि बिरामीलाई आराम कक्षमा आराम गराएर घर पुरयाउने गरिएको छ ।”

गर्मी बढेपछि दिउँसोको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या हुनथालेको छ । टीकापुरका कतिपय विद्यालयमा एउटै कक्षामा धेरै विद्यार्थी सङ्ख्या हुने तर पङ्खा थोरै हुँदा गर्मीमा अध्ययनमा समस्या हुन थालेको उनीहरु बताउँछन् । गर्मीका समयमा विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको छ ।

कैलालीको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका न्याय मौसम विज्ञान सहायक वीरेन्दप्रसाद कुशवाहका अनुसार सोमबार कैलालीको तापक्रम ४१.४ डिग्री सेल्सियस मापन भएको थियो भने आइतबार ४० डिग्री सेल्सियस पुगेको थियो । आज अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

चालिस डिग्री सेल्सियस माथि तापक्रम पुगेपछि पठनपाठन प्रभावित हुन थालेको छ । खड्ग स्मृति माविका अमित परियार एउटै कक्षामा विद्यार्थी सङ्ख्या ८० माथि भएकाले अध्ययनमा समस्या भइरहेको, विद्यार्थी बिरामी हुने, बेहोस हुने जस्ता समस्या भएको बताउनुहुन्छ । “कतिपय साथी गर्मी सहन नसकेर बीचमै पढाइ छोडेर घर जाने गरेका छन्,” उहाँ भन्नुहुन्छ, “टाउको दुख्यो, चक्कर आयो भन्ने साथी बढेका छन् ।”

राष्ट्रिय मावि मनिकापुरका अनुष्का चौधरी एउटै कक्षामा धेरै विद्यार्थी, पङ्खाको सङ्ख्या कम भएको, बक्ति जाँदा अझै कठिन हुने गरेको बताउनुहुन्छ । “बक्ति गएका बेला असिनपसिन भइन्छ,” उहाँ भन्नुहुन्छ, “केही वर्षअघि यस्तो सहनै नसकिने गर्मी हुँदैनथ्यो । एक सातायता गर्मी सहन नसकिने भएको छ ।”

त्रिभुवन माविका विद्यार्थी सञ्जिता चौधरी विद्यालयका पङ्खा गतिला नभएकाले गर्मीमा समस्या हुने गरेको बताउनुहुन्छ । “पङ्खा छन् तर राम्रो हावा दिने खालका छैनन”, उहाँ भन्नुहुन्छ, “बिजुली अनियमित हुँदा कठिन हुन्छ ।”

कालिका आधारभूत विद्यालयका विद्यार्थी अनुष्का विकले कक्षामा तीन पङ्खा भए पनि दुई वटा मात्र राम्ररी चल्ने, बिजुली गएका बेला पङ्खाबिनै बस्नुपर्दा अध्ययनमा समस्या हुने गरेको बताउनुभयो ।

जनज्योति आधारभूत विद्यालयकी मिष्टिना सञ्ज्याल कक्षाकोठामा भएका चार पङ्खामा दुई मात्र चल्दा विद्यार्थीलाई गर्मीले समस्या हुने गरेको बताउनुहुन्छ । “दुई पङ्खा बिग्रिएका छन्, तीनको मर्मत गरिएको छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई दिउँसो १२ बजेपछि गर्मी सहन गाह्रो भएको छ । विद्यालयमा चिसो पानीको सुविधा पनि छैन ।”

यहाँ धेरै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउने गरेको अभिभावको पनि गुनासो छ । यहाँका केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ ।

विद्यालयले चाहेअनुसार बिहान वा दिउँसो कक्षा सञ्चालन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “अभिभावक, विद्यार्थीबाट गुनासो आएको छ । विद्यालय बन्द गर्दा कोर्स पूरा नहुने चिन्ता पनि छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयमा पङ्खालगायतका समस्या विद्यालयले व्यवस्थापन गर्नुपर्ने, समस्या भए पालिकाले सघाउँछ । कक्षा सञ्चालनका लागि विद्यालयले अवस्थाअनुसार बिहान वा दिउँसो कक्षा सञ्चालन गर्न सकिन्छ ।”

कैलालीमा केही दिनअघि पनि तालिमका क्रममा सशस्त्र प्रहरी बलका जवान ‘हिट स्ट्रोक’का कारण बेहोस भएका थिए । उनीहरुको अहिले काठमाडाँैमा उपचार भइरहेको छ ।

Previous Post

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

Next Post

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

metakhabar

metakhabar

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In