तपाईं र भौतिक वस्तु विकासवादी परिवर्तनको परिणाम हुन् । जसद्वारा पदार्थको सूक्ष्म कण क्रमबद्ध रुपमा सुव्यवस्थित र नियोजित गरिएको छ ।
यतिमात्र होइन । यो धर्ती तपाईंको शरीरका लाखौँ कोशिकामध्ये प्रत्येक र पदार्थको प्रत्येक अणु ऊर्जाको अमूर्त रुपमा प्रारम्भ भएको थियो ।
इच्छा एक विचारसंवेग हो । विचारसंवेग ऊर्जाको रुप हो । धन कमाउन प्रारम्भ गर्नुहुँदा तपाईंले आफ्नो सेवामा त्यही ऊर्जाको प्रयोग गर्नुहुन्छ । जसद्वारा प्रकृतिले यस धर्तीको रचना गरेकी थिइन् । यसमा शरीर र मस्तिष्क पनि सामेल छ, जसमा विचार संवेगले कार्य गर्छ ।
तपाईं यी नियमको मद्धतले सम्पन्न बन्न सक्नुहुन्छ । यो अपरिवर्तनीय छ । तर पहिले तपाईं यी नियमित परिचित हुनुपर्छ । यसको प्रयोग गर्न सिक्नुपर्छ । यस सिद्धान्तलाई पटकपटक दोहो¥याउने र प्रत्येक सम्भव कोणबाट वर्णन गर्ने हो भने सायद तपाईंसमक्ष धेरै सम्पत्ति जम्मा गर्ने रहस्य स्पष्ट हुन जान्छ । यो कुरा अचम्म र विरोधाभाषी लाग्न सक्छ । किनभने यो रहस्य वास्तवमा रहस्य नै होइन । प्रकृतिले हामी रहेकै धर्तीमा यस रहस्यको विज्ञापन गर्छ । हाम्रो आँखाले देखिने प्रत्येक जीवित प्राणीले यस रहस्यलाई उजाग गर्छ । अगाडि आउने सिद्धान्तले कल्पनाबोधको बाटो खोलिदिन्छ ।
साभारः ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकबाट













