• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

    हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

    बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन

    बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

metakhabar by metakhabar
१० जेष्ठ २०८३,
0
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भन्नुभएको छ, “हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नु हुनेछ ।”

इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रूत सफलताको कम अपेक्षा गरेको बताएका छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वासिङ्टनबीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताउनुभएको छ।

विदेशमन्त्री बकाईले भन्नुभयो, “वाशिङ्गटनसँग ‘मेलमिलापको लागि’ सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर ‘यसको मतलब तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्त्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने भने होइन।”

इरानको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो ।

शान्तिवार्तालाई मध्यस्थता गर्न इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच पश्चिम एसियामा तनाव कम गर्ने जारी प्रयासस्वरूप भएको शुक्रबार भएको बैठकपछि इरानको धारणा सार्वजनिक भएको हो ।

यसअघि, दुई नेताबीच शुक्रबार राति अबेरसम्म भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको थियो ।

बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ। भेटमा दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका बताइएको छ । पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन ।

यसैबीच, मध्यपूर्व कूटनीतिमा सम्भावित सफलतालाई प्रकाश पार्दै हाल भारतको चार दिने आधिकारिक भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले राष्ट्रिय राजधानीस्थित अमेरिकी दूतावासमा आयोजित एक कार्यक्रममा इरानसँग शान्ति सम्झौताको दिशामा सक्रियरूपमा प्रगति भइरहेको खुलासा गर्नुभएको छ।

शीर्ष अमेरिकी कूटनीतिज्ञले भन्नुभयो, “अहिले सक्रिय प्रयासहरू जारी छन्। त्यहाँ केही प्रगति भएको छ। अहिले तपाईंसँग मैले कुरा गरिरहँदासम्म त्यहाँ केही प्रगति भइरहेको जानकारी प्राप्त भएको छ ।”

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उद्धृत गर्दै भन्नुभयो, “राष्ट्रपति ट्रम्पले कुनै न कुनै तरिकाले यो मुद्दा (मध्यपूर्व तनाव) लाई समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ।”

उहाँले अगाडि भन्नुभयो, “यसको मतलब, इरानलाई आणविक हतियार उत्पादन गर्न दिने कल्पना गर्न नसकिने र इरानी जलमार्ग भएर हुने आवागमन र ढुवानीमा कुनै किसिमको शुल्क लिने प्रावधान बिना नै जलमार्गलाई सुचारू गरिनुपर्ने कुरामा हाम्रो अडान कायम रहने छ।”

Previous Post

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

Next Post

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
समाचार

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

३० असार २०८३,
हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
समाचार

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

३० असार २०८३,
बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन
समाचार

बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन

३० असार २०८३,
Load More
Next Post
सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In